कांग्रेसको महाधिवेशनका सबै कार्यक्रम १३ दिनका लागि स्थगित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
काठमाडौंः सभापति सुशील कोइरालको निधन भएपछि कांग्रेसले आफ्नो १३ औं महाधिवेशनको सबै कार्यक्रम १३ दिनका लागि स्थगित गरेको छ ।

जिब्रोको क्यान्सरबाट पीडित सभापति कोइरालाको निमोनियबाट सोमबार मध्यराति साढे १२ बजे निधन भएपछि कांग्रेसले महाधिवेशनका सबै कार्यक्रम स्थगित गरेको हो ।

‘फागुन २० गतेदेखि २३ गतेसम्म हुने भनिएको महाधिवेशनका लागि हाल सञ्चालित क्षेत्रीय तथा जिल्ला अधिवेशन १३ सहितका सबै कार्यक्रम १३ दिनका लागि स्थगित गरिएको छ’, कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भने, ‘महाधिवेशन कार्यक्रम पनि चैत ३ गतेपछिमात्रै हुनेछ ।

सोमबारमात्रै कांग्रेसले देशभरका ६५ जिल्लामा जिल्ला अधिवेशन गरेको थियाो । अन्य १० जिल्लाहरुमा पनि अधिवेशन गर्ने तयारीमा कांग्रेस थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z