जनयुद्ध दिवसकै दिन बाबुरामले छोरी अन्माए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

काठमाडौंः नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले जनवादी शैलीमा आफ्नी छोरी मानुषी यामी भट्टराईको शनिबार बिहे गरिदिएका छन् ।
माओवादी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुरामले २१ औं जनयुद्ध दिवसकै दिन छोरीको लगनगाँठो कसिदिएका हुन् ।
नयाँ शक्ति निर्माणको अभियानमै रहेका तनहुँका जेकेन्द्र श्रेष्ठसँग भट्टराईको निवास सानेपाबाट बाबुरामले छोरी अन्माएका हुन् ।
अन्य माओवादी पार्टीहरु २१ औं जनयुद्ध दिवस मनाउन ब्यस्त भइरहँदा एमाओवादी छाडेका नेता भट्टराईले एक मात्र छोरीलाई अन्माउन ब्यस्त भएका हुन् ।

###
0 comments
Write Down Your Responses