श्रीलंकाका बाढी पीडितलाई सरकारले १० करोड सहयोग गर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
संघीय गठबन्धनलाई वार्तामा आउन आग्रह
काठमाडौँः शुक्रबारको मन्त्रिपरिषद् बैठकले श्रीलंकामा गएको बाढी पहिरो पीडितलाई १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने, ‘सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, परिहोपीडितलाई नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।’
त्यस्तै, सरकारले आन्दोलनरत संघीय गठबन्धनलाई वार्तामा आउन समेत आग्रह गरेको छ । लामो समयदेखि आन्दोलनरत गठबन्धनलाई शुक्रबारको मन्त्रिपरिषद् बैठकले वार्तामा आउन आग्रह गरेको राईले जानकारी दिए ।
सिंहदरबारमा बसेको बैठकले सरकारको तर्फबाट आन्दोलनरत गठबन्धनसँग लचकताका साथ वार्ता गर्ने भन्दै वार्तामा आउन पुनः आह्वान गरेको राईले बताए ।
सँगै शुक्रबारको मन्त्रिपरिषद्ले लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको बनाउने निर्णय समेत गरेको छ ।
काठमाडौँः शुक्रबारको मन्त्रिपरिषद् बैठकले श्रीलंकामा गएको बाढी पहिरो पीडितलाई १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।शुक्रबारको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने, ‘सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, परिहोपीडितलाई नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।’
त्यस्तै, सरकारले आन्दोलनरत संघीय गठबन्धनलाई वार्तामा आउन समेत आग्रह गरेको छ । लामो समयदेखि आन्दोलनरत गठबन्धनलाई शुक्रबारको मन्त्रिपरिषद् बैठकले वार्तामा आउन आग्रह गरेको राईले जानकारी दिए ।
सिंहदरबारमा बसेको बैठकले सरकारको तर्फबाट आन्दोलनरत गठबन्धनसँग लचकताका साथ वार्ता गर्ने भन्दै वार्तामा आउन पुनः आह्वान गरेको राईले बताए ।
सँगै शुक्रबारको मन्त्रिपरिषद्ले लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको बनाउने निर्णय समेत गरेको छ ।

###


0 comments
Write Down Your Responses