ओली सरकारको हावा बजेटले अर्थतन्त्र तहसनहस हुन्छः कांग्रेस नेता महत
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारको आगामी बजेट दिर्घकालमा मुलुक र जनताको हित नगर्ने खाले कार्यकर्तालाई रकम बाड्ने गरी वितरणमुखी बजेट आउने दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्रीले हावा बोले जस्तो यो बोल्ने बजेट आउँछ । धेरै सपनाहरु बाडिन्छ । बजेटबाट खासै आशा छैन, सपना बाडिन्छ र अर्थतन्त्रलाई धारासायी बनाईन्छ । यसले कार्यकर्ताको तत्कालिन महत्वकांक्षा त पुरा गर्ला तर दिर्घकालिन रुपमा मुलुकलाई फाईदा गर्दैन ।’
डा. महतले भएका पुराना औद्योगिक क्षेत्रहरु धारासायी बनेर बन्द रहेको अवस्थामा कार्यकर्तालाई जागिर दिन नयाँ नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेर नियूक्ति दिन थालिएको भन्दै मुलुकमा कालाबजारी, महंगी र तस्करी चलिरहेको विषयमा सरकार संबेदनशिल नभएको आरोप लगाए ।
उनले भने, ‘बजेटले कार्यकर्तालाई बाड्न स्वरोजगार कार्यक्रम ल्याउछ । मुल्यबृद्धि रोक्ने योजना आउँदैन । कार्यकर्तालाई बाड्ने गरी बजेट आउँछ । यो सरकारले ल्याउने बजेटले दिर्घकालिन हित गर्ने देखिदैन ।’
डा. महतले प्रधानमन्त्रीले हावादारी कुरा बोल्न छाड्नुपर्ने सुझाव दिदै अहिले प्रधानमन्त्री आँखा बन्द गरेर राम्रो सपना देख्न भनिरहेको तर्क गरे ।
उनले बजेट फाष्ट ट्रयाक र जलविद्युतमा लगानी गर्नुपर्ने, उत्पादनमुखी र पुजिगत खर्चमा केन्द्रीत होस भन्ने आफूहरुको चाहना रहेको स्पष्ट पार्दै ठूलो बजेट ल्याउदा पुजिगत बजेटको हिस्सा कार्यान्वय गर्ने ब्यवस्थापनि साथै ल्याउनुपर्ने सुझाव दिए । उनले भने, ‘मुल्यबृद्धि कम गर्ने र लगानीको लागि भरपर्दो आधार बजेटले दिनुपर्छ ।’
डा. महतले विदेशी लगानी नआएसम्म मुलुकको आर्थिक विकास नहुने भन्दै सरकारले पर्यटन क्षेत्रमा विदेशी लगानीलाई ४९ प्रतिशत लगानीमा सिमित गर्न लागिएकोप्रति आपत्ति प्रकट गरे ।

###
0 comments
Write Down Your Responses