२५ वर्षपछि बल्ल आयो नयाँ राष्ट्रिय सुरक्षा नीति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राष्ट्रिय सुरक्षा परिषद्को शुक्रबारको बैंठकले ‘राष्ट्रिय सुरक्षा नीति’ पारित गरी मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको छ। रक्षा मन्त्रालयले तयार पारेको उक्त नीति मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयनमा अाउनेछ। कान्तिपुर दैनिकमा समाचार छ।
Nepal-Army-Dayसरकारले बहुदलीय प्रजातन्त्र पुन:स्थापना भएको झन्डै २५ वर्षपछि बल्ल ‘राष्ट्रिय सुरक्षा नीति’ ल्याएको हो। ‘राष्ट्रिय सुरक्षा नीति पञ्चायतकालीन ‘डक्ट्रिनबाटै चल्दै आएको थियो,’ उपप्रधान तथा रक्षा मन्त्री रावलले परिषदबाट नीति सिफारिस गरेपछि भने।
सिंहदरबाबरमा बसेको बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अोलीका साथै सदस्यहरु रक्षामन्त्री रावल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री कमल थापा र अर्थमन्त्री विष्णु पाैडेल सहभागी थिए। अर्का सदस्यद्वय मुख्यसचिव सोमलाल सुवेदी र प्रधानस्नापति राजेन्द्र क्षेत्री तथा परिषदका सदस्य सचिव रक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको पनि वैठकमा सहभागिता थियो। बैशाख १७ मा बसेको राज्य व्यवस्था समितिले राष्ट्रिय सुरक्षा नीति छिट्टै ल्याउन सरकारलार्इ निर्देशन दिएको थियो।
परिवर्तित अवस्था अनुसार सुरक्षाका क्षेत्र र आयामहरुलाई समेटेर नयाँ राष्ट्रिय नीति ल्याउन सरकार लागेको हो । रावलले राष्ट्रिय सुरक्षा नीति ल्याउन तीब्र रूपमा काम तीब्र रूपमा काम भइरहेको जानकारी दिए ।
राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय शक्तिका संयन्त्रहरु सुरक्षा, राजनीतिक, कुटनीतिक, आर्थिक, सुचना साधनहरु लगायतका शक्ति समायोजन गरेर निर्माण गरिएको छ। ‘नीतिले सुरक्षाको लक्ष्य के हो भन्ने एकृकित मार्ग निर्देशन गर्ने छ र देशको समग्र सुरक्षाको मुल बाटो देखाउने छ। यो नहुँदा कसरी कामहरु गर्ने भन्ने अन्योलता हुने गरेको थियो,’ मन्त्री रावलले भने,’अब त्यस्तो अवस्था आउने छैन।’
मन्त्री रावलले नीति निर्माण गर्दा रक्षा मन्त्रालयले सुरक्षा निकायसहित सबै मन्त्रालय र सरोकालवाला निकायहरुका धारणासहितलाई समेटेको बताए।

###
0 comments
Write Down Your Responses