चीनको आँखा पूर्व राजपरिवारतिर, यस्ता छन् गोप्य कुरा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १३ जेठ । पूर्व राजपरिवारका समाचारका विषयमा सबैलाई चासो हुनु स्वभाविक हो ।
लामो इतिहास बोकेको राजसंस्था एकाएक हटाइएपछि सबैमा कौतुहलता छ । राजसंस्था ब्यूँतने र नब्यूँतने भनेर बहस पनि हुने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
कसैले ब्यूँतन्छ भन्छन् त कसैले ब्यूँतदैन भन्छन् । यस्तै हल्ला र चर्चा चलिरहेका बेला छिमेकी मुलुक चीनले पूर्व राजपरिवारतिर आँखा गाड्न थालेको छ ।
चीनले औपचारिक रुपमा निमन्त्रणा पठाएर पूर्व युवराज्ञी हिमानी शाहलाई आफ्नो मुलुक लगेको छ । भ्रमणका बेला पूर्व युवराज्ञी हिमानीको चीनले भव्य स्वागत गरेको स्रोतले जनाएको छ ।
पूर्व युवराज्ञी हिमानी शाह गत आइतबार चीनको भ्रमण प्रस्थान गरेको बताइएको छ । बेइजिङतर्फ प्रस्थान गरेकी हिमानीसँग स्वकीय सचिव स्मिता सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहका मिल्ने साथी प्रभाकरशम्शेर राणालगायतको समूह गएको छ ।
हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भनेर चीनका साथै निर्मल निवासले औपचारिक जानकारी गराइएका छैनन् । तर, चीनले पूर्वराजपरिवारलाई औपचापरिक निम्तो दिएर बोलाउनुको रहस्य भने ठूलै रहेको हुन सक्ने बताइएको छ ।
स्रोतका अनुसार चीनले पूर्व राजपरिवारका सदस्यहरूसँग कुटनीतिक रुपमा विभिन्न जिज्ञासा राख्नेछ । चीनबाट फर्किएपछि युवराज्ञी हिमानीले केही दिन बैंककमा बिताउने बताइएको छ । बैंकक बसाइका क्रममा हिमानीले उच्च भेटघाट गर्ने पनि बुझिएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z