७ सयको केन्द्रीय सदस्य सानो हुन्छः प्रचण्ड
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
७ जेठ, काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात सयको केन्द्रीय सदस्य सानो हुने बताएका छन् । सात सयको केन्द्रीय समिति ४ हजार गाउँका लागि सानो हुने बताउदै उनले प्रत्येक गाउँमा एक जना बस्ने भन्यो भने केन्द्रीय समिति त सानो हुने बताएका हुन् ।
प्रचण्डले माओवादी पार्टीहरु बीचको एकता नयाँ क्रान्तिको थालनी भएको बताएका छन् । ‘यो एउटा नयाँ अभियानको थालनीको रुपमा बुझ्नु पर्छ’, उनले भने ।
पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजित बेपत्ता योद्धा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यतिबेला नयाँ संकल्प गर्दै हिजोका गल्ती कमजोरी नदोहोर्याउने बताए । पार्टीको केन्द्रीय समिति महाधिवेशन सम्मका लागि ठूलो बनाउने आवश्यकता र बाध्यता दुबै परेको बताउँदै योजना, संकल्प र कार्यक्रमको दृष्टिकोणले एक ढिक्का भए ठूलो नहुने स्पष्ट पारे ।prachanda speaking
उनले अब गाउँ गाउँ र टोल टोलमा जाँदा सबैभन्दा पहिले सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग, जेलनेल भोगेकाहरुलाई पहिलो सम्पर्क गर्ने र उनीहरुको स्थिति बुझ्ने र उनीहरुका लागि के गर्न सकिन्छ त्यो गर्नेबाट सुरु गर्ने बताए ।badal speking
त्यसैगरी नेता बादलले आफूलाई बेपत्ता पारेर नेतृत्वलाई रक्षा गरेका योद्धाहरुको सपनालाई साकार पार्न लाग्नु पर्ने बताए ।

###
0 comments
Write Down Your Responses