बी एण्ड बी, मनमोहनलगायत ३० कलेजलाई नर्सिङ तथा एचएमा भर्ना गर्न रोक (सूचीसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं–  मापदण्ड पूरा नभएको भन्दै सीटीइभीटीले देशभरका विभिन्न ३० कलेजलाई नर्सिङ तथा सामान्य चिकित्सा (एचए)मा विद्यार्थी भर्ना रोक लगाएको छ । अस्पताल नविकरण नहुने तथा मापदण्ड नपुर्याउनेमा उपत्यकाका ठूला भनिएका बी एण्ड बी, हेम्स र मनमोहन अस्पताल लगायत पनि रहेका छन् । यी सहित  ३० वटा निजी अस्पतालको भर्नाका लाग मापदण्ड पुगेको छैन ।
सीटीइभीटीले गत मंगलबार भर्नाको आवेदन फाराम भर्ने सूचना जारी गरेको छ तर यो सूचनामा ३० वटा नर्सिङ कलेजको नाम छैन ।  उनीहरुको मापदण्ड नपुगेका कारण आवेदनका लागि निकालिएको उक्त सूचीमा यी कलेज नअटाएका हुन् ।
रोकिनेमा धेरैको चाहिँ अस्पताल नविकरण नभएका रहेको बताइएको छ । अस्पताल नवीरकण नभएकालाई नर्सिङ र सामान्य चिकित्सा (एचए) अध्यापन गराउने कलेजलाई कार्यक्रम सञ्चालन गर्न रोकिएको हो । देशभरका एक सय १० संस्थाले नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको छ । अस्पताल नविकरण नभएसम्म कार्यक्रम सञ्चालन गर्न नदिने सीटीइभीटीका सदस्य सचिव रामहरी लामिछानेले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावमा सीटीइभीटीले यसबर्षदेखि यस्तो प्रावधान राखेको हो ।
सीटीइभीटीबाट कार्यक्रम सञ्चालनका लागि सम्बन्धन लिएको दुई वर्षपछि हरेक वर्ष संस्था नकिवरण गर्नुपर्ने हुन्छ । संस्था नविकरणका लागि सम्झौता गरेको वा आफ्नै अस्पताल स्वास्थ्य मन्त्रालय वा सम्बन्धित निकायमा नविकरण हुनुपर्नेछ ।  आगामी शैक्षिक सत्रका लागि कार्यक्रम नविकरण गर्न डिप्लोमा तहको तीन लाख र प्रति कार्यक्रम थप दश हजार बुझाउनु पर्ने हुन्छ । नविकरण गर्दा ०७१–७२ सम्मको कर चुक्ता गरेको प्रमाण पत्र, प्रयोगात्मक अभ्यासको लागि प्रयोग गरिएको अस्पतालको स्वीकृति र सम्झौता पत्र पेश गर्नुपर्ने हुन्छ । त्यस्तै अस्पताल नवीकरण र कर तिरेको प्रमाण पनि पेश नगरेपछि विद्यार्थी भर्नामा रोक लगाएको हो । ‘अस्पताल नविकरण नभएसम्म कार्यक्रम सञ्चालन गर्न दिँदैनौ,’ लामिछानेले भने ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z