एयरबसको ककपिटमा पाइलट दाजुभाइ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाल एयरलाइन्सको एयरबसका पाइलट क्याप्टेन सुवास रिजाललाई परिवारले डाक्टर बनाउन चाहेको थियो। बाबु गंगाप्रसाद नेपाल एयरलाइन्सका पाइलट भएका कारण सुवासले त्यही पेशाभित्र आफ्नो भविष्य देखे।
बनारसमा आइएस्सी सकेपछि उनी पाइलट पढ्न अमेरिका गए। सन् १९८८ देखि नेपाल एयरलाइन्सका पाइलट सुवास ट्वीनअटर, बोइङ हुँदै अहिले एयरबस उडाउँछन्। उनी एयरबस क्याप्टेन हुन्।
सुवासले आफ्ना बाबुसँग एउटै ककपिटमा बसेर पनि जहाज उडाएका छन्। सन् १९६७ का पाइलट गंगा २००३ मा रिटायर्ड भएका थिए।
‘कुनै बेला बाबुसँग एउटै ककपिटमा बसेर बुबासँग जहाज उडाउने सौभाग्य प्राप्त थियो,’ सुवासले भने, ‘हिजोआज भाइ श्रवणसँगै प्लेन उडाउने संयोग मिलेको छ।’ एक वर्षदेखि उनीहरू दुबै जना नेपाल एयरको एयरबस उडाउँछन्।
क्याप्टेन गंगाप्रसादका छोरा तीन भाइ सबै पाइलट हुन्। माइला सुदीप पनि नेपाल एयरकै पाइलट थिए। उनी भने अहिले नेपालमा छैनन्। सुदीप युएनमा उड्डयन सुरक्षा हेर्छन्।
‘फरक पेशामा रुची भए पनि हामी बाबुछोरा चारै भाइ अन्तितमा पाइलट बन्यौं,’ क्याप्टेन सुवास भन्छन्, ‘नेपाल एयरका सानादेखि ठूलो जहाज उडाइयो।’
दिदीबहिनी छैनन्, उनीहरू बाबुछोरा चारै भाइ पाइलट बने, त्यो पनि नेपाल एयरमै।
‘संयोग नै भन्नुपर्छ,’ श्रवणले हाँस्दै भने, ‘धेरै मान्छेलाई अचम्म लाग्छ।’
पुर्ख्यौली घर विराटनगर-४ बरगाछी भए पनि उनीहरू पहिलेदेखि नै काठमाडौं बसे। सुवास चाहिँ विराटनगरमै जन्मेका हुन्। सुदीप र सुवास काठमाडौंमै जन्मे।
सुवासले भानुभक्त र ल्याब्रेटरी स्कुल पढेका थिए। सुदीप र श्रवण सिद्धार्थ वनस्थलीमा।
खासमा सुदीप र श्रवण पाइलट बन्न चाहँदैनथे। तर अन्तिममा आएर भने दुबै जना पाइलट बने।
सुदीप-श्रवण इन्जिनियरिङ पढ्न फिलिपिन्स गए। सुदीपले सफ्टवेयरमा इनन्जिनियरिङ गरे। श्रवणले इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ सके।
इन्जिनियरिङ सकेर दुबै जना नेपाल फर्के, जागिर खोजे तर हात लागेन।
श्रवणले जागिरका लागि कतिपय ठाउँमा बायोडाटा पेशे, सोचेजस्तो भएन। कतिले त उमेर कम भयो भनेर फर्काइदिए। सफ्टवेयर इन्जिनिरिङमा त्यतिखेर नेपालमा काम गर्ने ठाउँ नै नभेटिएपछि सुदीपको पनि अल्झिने ठाउँ कतै भएन।
के गरेर बस्ने प्रश्न खडा भयो।
एक वर्ष डुल्दा जागिरको टुंगो नलागेपछि दुबै जनाले पाइलट पढ्ने निधो गरे र पढ्न अमेरिका गए। बाबु र जेठा छोरा जतिबेला सँगै जहाज उडाइरहेका थिए, त्यतिखेर माइला र कान्छा पाइलट पढ्दै थिए।
सन् १९९७ मा पढाइ सकेर नेपाल आउँदा नेपाल एयरमै जागिर मिल्यो। बाबु र तीन भाइ छोरा सबै नेपाल एयरका पाइलट भए।
‘परिवारका सबै एकै ठाउँ पाइलट भयौं,’ सुवास भन्छन्, ‘सबै जना पाइलटै बन्नु त्यस्तो आश्चर्य पनि हैन, तर परिस्थितिले हामीलाई एउटै पेशामा ल्याइपुर्याएको पनि हो।’
१९९७ बाट सँगै जागिर सुरू गरेका माइला सुदीप दस वर्ष नेपाल एयरमा जागिर खाएर विदेश गए। उता पनि उनी जमेरै काम गरिरहेका छन्।
सुवास र श्रवण अनुभवी पाइलट कहलिएका छन्। सुवास ट्वीनअटर, बोइङका क्याप्टेन हुँदै अहिले एयरबसका क्याप्टेन छन्। श्रवण एयरबसका पाइलट छन्। एक वर्षदेखि दुई दाजुभाइ सँगै एयरबसको ककपिटमा छन्।
‘दुई सयभन्दा बढी फ्लाइटमा हामी दाजुभाइ सँगै छौं,’ श्रवणले भने, ‘ पछिल्लो वर्ष प्रायः एकैसाथ उडेका छौं।’
श्रवणका र सुवासको १९९७ देखि नै कहिलेकाहीँ ट्वीनअटर सँगै उडाउनेमा मौका मिलेको हो।
दाजुसँगै एउटै ककपिटमा धेरै उडान भरेका सुदीपले बुबासँग भने जहाज उडाउने मौका पाएनन्।
‘मलाई त्यो सौभाग्य मिलेन,’ उनले भने।
नेपाल एयरका दुई एयरबस छन्। दुई बोइङ, तीन ट्वीनअटर, वाई-१२ र एमआई-६० जहाज छन्। ट्वीनअटर हुँदै दुबैले बोइङ पनि चलाए। सुवासले दस वर्ष र श्रवणले ६ वर्ष बोइङ उडाए।
एउटै ककपिटमा रहँदा उनीहरू दाजुभाइ हैन साथीभाइ ठान्छन् आफूलाई।
‘उडेपछि हामी साथीभाइ,’ श्रवणले भने, ‘ककपिटमा बस्दा दाजुभाइ भन्ने फिल नै हुँदैन।’
दुबै जनाको व्यस्तताबीच उनीहरुसँग शुक्रबार नेपाल एयरलाइन्सकै कार्यालयमा भेट्न चाँजो मिल्यो। सुवास केहीबेर कुरा गरेर निस्किए।
कतिबेला कहाँ कुन फ्लाइटका लागि खटाइन्छ त्यो थाहा हुँदैन। त्यसैले पनि उनीहरू त्यति फुर्सदमा हुँदैनन्।
पाइलट पेशामा जोखिम धेरै छ भनिन्छ, तपाईंहरु त दुबै एउटै प्लेन उडाउनु हुन्छ?
‘जोखिमलाई व्यवस्थापन गर्ने हो, जोखिम मानेर जहाज नउडाउने हैन,’ दुबै जना भन्छन्।
श्रवण एकपटक रुम्जाटारबाट उडेका मात्र थिए। उनको नेतृत्वमा रहेको ट्वीनअटर जहाजको एकापट्टिको इन्जिन उड्नेवित्तिकै बन्द भएको थियो। जहाजलाई कन्ट्रोल गर्नुको विकल्प थिएन। उनी रुम्जाटारै फर्किन पनि सकेनन्।
काठमाडौं सजिलै अवतरण गराउनु ठूलो चुनौती थियो। तर बन्द भएको इन्जिन दस मिनेट पछाडि स्टार्ट भएपछि संकट टरेको थियो।
‘कतिपय अवस्थामा यस्ता जोखिम आइपर्छन्,’ उनले भने, ‘जोखिम नियन्त्रण गर्ने विधि अपनाउनुपर्छ।’
उनी स्वीकार्छन्, नेपालमा धेरै डाँडाकाँडा छन्, जहाँ अलि बढी जोखिमै छ। मौसमका हिसाबले पनि।
‘बरु उडान परिवर्तन गर्ने हो मौसम खराबको बेला,’ उनी भन्छन्, ‘आकासमा समस्या हुन्छ, अमेरिकाको आलास्कामा यहाँको भन्दा बढी जोखिम छ।’
उनको अनुभवमा नेपालमा हवाई सुरक्षामा कम ध्यान दिएर पनि धेरै घटना घट्ने गरेका छन्।
उनका अनुसार नेपालमा पहिले पढ्न सकेन भने पाइलट बन्नुपर्छ भन्ने धारणा थियो। अहिले भने परिवर्तन हुँदैछ।
‘पाइलट भएपछि अनुशासनमा बस्न सक्नुपर्छ, मर्यादामा बस्न सिक्नुपर्छ,’ उनी भन्छन्, ‘व्यावसायिक हुनुपर्छ, खानपिन, आराम र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ।’
एयरबस उडाउने १२ जना पाइलटमा वरिष्ठमध्ये एक पर्छन्, सुवास। सोमबार विहान अफगानिस्तानमा नेपाली सुरक्षागार्ड चढेको बसमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु भयो। मृतक र नेपाल फर्कन चाहने काबुलमा काम गरिरहेका नेपालीलाई लिन आफ्नै जहाज पठाउने निर्णय सरकारले गर्यो।
वरिष्ठ पाइलट सुवास र क्याप्टेन श्रवण दाजुभाइले त्यो ऐतिहासिक जहाजको उडान भरे।
नेपालबाट सिधा अफगानिस्तान फ्लाइट यो नै पहिलो थियो, सायद।
वरिष्ठ पाइलट भएका कारण सुवासलाई सरकारले डाकेको थियो आकस्मिक बैठकमा। जहाज काबुल पुर्याउन सकिन्छ कि सकिँदैन भनेर सरकारले सुवाससँग परामर्श गर्यो। अन्य मुलुकका जहाज गइरहेको ठाउँमा जानै नहुने भन्ने थिएन तर असहज महसुस भने भएको थियो। किनभने नेपालीलाई लक्षित गरी त्यहाँ विस्फोट गराइएको थियो।
सुवासले निर्धक्क जान सक्ने भनेर आफ्नो निर्णय सरकारलाई सुनाए। अन्ततः सरकारले एयरबस त्यहाँ पठायो। नेपालबाट उडेको त्यो एयरबसको ककपिटमा उनै दाजुभाइ बसे।
‘नेपाली विमान पहिलोपटक त्यहाँ पुगेको हो,’ श्रवण भन्छन्, ‘एकपटक नेपालबाट दिल्ली उडेको इन्डियन एयरको जहाज हाइज्याक भएर अफगानिस्थानको कान्धाहार पुगेको मलाई थाहा छ।’
सन् १९९९ डिसेम्बर २४ मा इन्डियन एयरको एयरबस ए-३०० हाइज्याक भएको थियो। त्यसदिन त्रिभुवन विमानस्थलबाट उडेको हर्कात उल मुजाहिद्दीन नामक इस्लामिक समूहले हाइज्याक गरी अफगानिस्तान पुर्याएको थियो।
एयरबस पठाउने निश्चित भएपछि काबुल जानका निम्ति टोली तयार भयो। काठमाडौंबाट बुधबार साढे ३ बजे एयरबस काबुल उड्यो। काबुल तीन घन्टामा पुगेको थियो।
विस्फोटमा मारिएकाहरूको शव आउन दुई घन्टा समय पर्खिनुपर्यो। शवसँगै क्यानेडियन दूतावासमा कार्यरत नेपालीले फर्किने इच्छा देखाएपछि त्यसका निम्ति अरू तीन घन्टा जहाज रोकियो। २४ जना नेपाली प्रक्रिया पुर्याएर आएपछि उडेको जहाज दिउँसो २:४० मा काठमाडौंमा अवतरण भयो।
रिजाल दाजुभाइले आफ्नो ऐतिहासिक दायित्व पूरा गरे।

###
0 comments
Write Down Your Responses