सशस्त्र प्रहरी निरीक्षक पनि नक्कली !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बारा, असार १४ गते । नक्कली सशस्त्र प्रहरी निरीक्षक बनेका अजय कुमार रायलाई पुर्पक्षका लागि वीरगंज कारागार चलान गरिएको छ ।
सशस्त्र प्रहरी निरीक्षकको बर्दी, नेम प्लेट, ब्याच, दज्र्यानी चिन्ह लगाएर केही महिनादेखि सो क्षेत्रका ब्यक्ति तर्साउने गढीमाई नगरपालिका ७ जीतपुरका २६ वर्षीय रायलाई नक्कली सशस्त्र प्रहरी निरीक्षक बनेको अभियोगमा न्यायधिश रीतेन्द्र थापाको आदेशमा आज कारागार चलान गरिएको जिल्ला अदालत कलैयाका स्रेस्तेदार मोहन सिंहले बताउनुभयो ।
सो क्षेत्रमा बेलाबेलमा नयाँ ईन्सपेक्टर देखा पर्नु र ब्यक्ति तर्साउने गरेको जन गुनासो बढेपछि जेठ १४ मा रायलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरी निजको घर खानतलासी गर्दा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पक्कली सुनसरीबाट सहायक.प्रहरी निरीक्षकको प्रमाणपत्र, सशस्त्र प्रहरी नायब उपरीक्षकको बढुवामा नाम निकाल्न नसकेको कागज, राशन कार्ड, प्रहरी सेवा सम्बन्धी बिभिन्न तालिम गरेको तथा बिभिन्न पोष्टमा सरुवा, रमाना भएका प्रमाणपत्र र बब्लु साहसमेतका आधा दर्जन नक्कली कागज फेला परेको अदालतले जनाएको छ ।
कारवाही न्यून र कानुन कार्यान्वयन प्रकृया फितलो भएपछि मुलुकमा नक्कली डाक्टर, गाविस सचिव तथा प्रहरी निरीक्षक पक्राउ पर्नु मुलुकको लागि दुर्भाग्य भएको नागरिक समाज बाराका अध्यक्ष सुखा चौधरीले बताउनु भयो

###

0 comments
Write Down Your Responses