मन्त्रिपरिषद् बैठकः अफगानिस्तान जान रोक, मृतकका परिवारलाई जनही १० लाख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
लगानी बोर्डमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं, ९ असार । सरकारले नेपाली नागरिकलाई अफगानिस्तानसहितका चार देशमा जान रोक लगाएको छ ।
अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान, इराक, सिरिया र लिबियामा वैदेशिक रोजगारीका लागि जान प्रतिवन्ध लगाएको हो ।
आन्तरिक द्वन्द्व र आतंकवादी आक्रमण लगायतको जोखिम भएकाले अर्काे निर्णय नभएसम्म चार देशमा रोजगारीमा प्रतिबन्ध लगाउने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए ।
यसैगरी बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०–१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । र, काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । घाइतेको उपचार गर्ने निर्णय पनि भएको छ ।
यसअघि सरकारले नेपालीको शव ल्याउन विमान चार्टर गरेर काबुल पठाएको थियो ।
त्यस्तै, लगानी बोर्डको कार्यकारी निर्देशकमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

###
0 comments
Write Down Your Responses