‘गुण्डा नाइके’ जसवन्तलाई गोली हान्दा पाँच गुण्डा भागेः एसएसपी खनाल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ, ९ असार । गुन्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ गर्न जाँदा प्रहरीमाथि नै जाई लागेपछि प्रहरीले एक युवकमाथि बिजुलीबजारमा गोली प्रहार गरेको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न प्रयास गर्दा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि गोली प्रहार गरिएको जानकारी दिनुभयो ।
उनको घुँडा र तिघ्रामा दुई गोली लागेको छ । घाइते राईलाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रहरीसँगको झडपमा उनका अन्य चार-पाँच जना सहयोगी मोटरसाइकल चढी भाग्न सफल भएको खनालले जानकारी दिनुभयो ।
राईमाथि ज्यान मार्ने उद्योगलगायत चार-पाँच वटा सार्वजनिक अपराधको मुद्दा रहेको प्रहरीले जनाएको छ ।
उनी कालिमाटी, कलङ्कीदेखि बानेश्वर क्षेत्रमा गुन्डागर्दी गर्ने र फिरौती उठाउने कार्यमा संलग्न रहेको बताइएको छ । उनी बाफलमा बस्दै आएका थिए ।
एसएसपी खनालले जसवन्तका सहायक गुण्डालाई आजै साँझसम्म पक्राउ गरी हिरासतमा लिइने ठोकुवा गर्नुभयो । रासस

###
0 comments
Write Down Your Responses