काबुलमा आतंककारी हमलामा मारिएका १२ जनाको शव ल्याइयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार ८, २०७३- अफगानिस्तानको राजधानी काठमाडौंमा सोमबार आतंककारी हमलामा मारिएका १२ जना नेपालीको शव बुधबार काठमाडौं ल्याइएको छ । सरकारले उक्त शवहरु ल्याउन नेपाल एयरलाईन्सको विमान पठाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मृतकप्रति श्रद्धान्जलि अर्पण गरेका छन् । शव राखिएका कफिनमाथि उनले माल्यार्पण गरेका थिए । त्यहाँ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैं उनले अत्यन्तै कायरतपूर्ण ढंगले भएको हत्या घटनाप्रति सिंगो नेपाल दुखी रहेको बताए ।
प्रधानमन्त्रीले मृतक परिवारजनप्रति समवेदना समेत प्रकट गरे । परराष्ट्रमन्त्री कमल थापासहित अन्य सरकारी अधिकारीहरुपनि विमानस्थल पुगेका थिए ।
७ वटा शव सम्बन्धित परिवारजनको चाहना अनुसार उनीहरुको गृह जिल्ला पठाउने तयारी गरिएको छ ।

###
0 comments
Write Down Your Responses