‘नक्कली आमा’ द्वारा २ किशोरीलाई भारत लैजाने प्रयास
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ लैजाँदै गरेका तीन किशोरीको आज माइती नेपाल, कञ्चनपुरले उद्धार गरेको छ ।

सुर्खेतका दुई र कैलालीका एक गरी तीन किशोरीको सीमा नाकाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।

फूपू र दिदी नाता पर्ने दुई जनाले नक्कली आमा बनेर किशोरीहरुलाई भारततर्फ लैजाँदै गरेका बेला उद्धार गरेका हौँ, उनले भनिन् – “सोधपुछका क्रममा किशोरीहरुलाई विद्यालयबाटै भगाएर भारततर्फ लगेको पत्ता लागेको छ ।” उद्धार गरिएका किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएका छन् ।

नक्कली आमा बनेर किशोरीलाई भारततर्फ लैजाने कार्यमा संलग्न दुई महिला प्रहरी नियन्त्रणमा रहेका छन् ।

###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z