काबुलमा घाइतेहरू भन्छन्, ‘बसमा रिमोट फिट गरेजस्तो लाग्छ’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
असार ९, २०७३- अफगानिस्ताको कावुलमा आतंवादी हमलामा घाइते भई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीहरूले आफूहरु चढेको बसमा भएको बम आक्रमण आत्मघाती नभएको बताएका छन् ।
अफगान सरकारले एक जना आत्मघातीले गुडिरहेको वसमा आक्रमण गरेको बताए पनि घाइतेहरुले आफूहरुले कुनै पनि आत्मघाती हमलाकारी तथा उसको लास नदेखेको बताएका छन् । उनीहरुले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट गराएको हुन सक्ने आशंका गरेका छन् । उनीहरुले आत्मघाती हमलामात्र भनेर नहुने र अनुसन्धानगनुपर्ने समेत वताए ।
विष्फोट भएको वसमा सवार नेपाली सुरक्षाकर्मीका सुपरभाइजर कुमारबहादुर गुरुङले एपोलो अस्पतालमा कान्तिपुरसँग भने, ‘म ड्राइभर नजिकै थिए । किनभने मेरो जिम्मेवारी बाटोको सुरक्षा पनि थियो । गाडीमा विष्फोट भएपछि केही क्षणमा म वाहिर निस्कें ।’
जतिसुकै पिडा भएपनि सुपरभाइजर भएको हिसावले प्रहरी, कम्पनीदेखि सवैतिर खवर गर्ने र उद्धार गर्ने दायित्व आफ्नो भएको उनले वताए । नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षवाहेक आफू अफगानिस्तानमा नै सेवारत रहेको उनले बताए ।
‘घटनामा मारिएका र घाइते भएकाहरुलाई हेरें तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानिय सुरक्षाकर्मीलाई खवर गर्नेदेखि घाइतेलाई उपचारको लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेलानपरेको वताए । उनले आफूले सवै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडी वढाएको समेत वताए ।
गोर्खा देउराली–३ का थापाका अनुसार गाडीमा रहँदा दायाँवायाँ सवैतिर शंकास्पद वस्तु तथा मान्छे हेर्नु जिम्मेवारी समेत उनको थियो । ‘हाम्रो गाडी विष्फोटमा पर्दा सडकमा केही महिला र कच्चाहरु मात्र केही पर थिए,’ उनले भने । विष्फोटका कारण दाया कानको जाली फुटेका कारण राम्रोसँग वोल्न नसक्ने भएका उनले आत्मघाती वमविष्फोट भएको भनिए पनि गाडीको चक्का तथा माथिल्लो भागमा केही नभएको वताए ।
‘घटना शंकास्पद छ किनभने जति पनि हाम्रँ साथीहरु मरेका छन, उनीहरु सवैको टाउको र शरीरको अन्य भाग छुट्टिने गरी आक्रमण भएको छ’ उनले भने । यदि आत्मघातीले वस वाहिर विष्फोट गराएको भने त्यस्तो हुनुनपर्ने उनी वताउँछन् ।
घाइते तथा मृतकको टाउकोमा मात्र धेरै चोट लागेको देखिन्छ । अर्का घाइते सुर्खेतका अमृत रोकाय क्षेत्री पनि गाडी चालकलाई समेत शंका गर्छन । उनका अनुसार चालकलाई सामान्य चोटपटक समेत लागेन ।
‘पछि अस्पतालमा उसको हाउभाउ हेदाए समेत मलाई त एकदमै शंका लाग्छ किनकी मैले पनि आत्मघाती आक्रमणकारीको लास देखिन्न,’ उनले भने । उनका अनुसार आक्रमण यस्तो ठाउँमा गरिएको जहा कोहीपनि स्थानिय जनताहरु थिएनन । उनी गाडी चालकको समेत मिलेमतो हुन सक्ने बताउँछन् ।
रोकाय क्षेत्रीको भने अवस्था सामान्य नै रहेको छ । यद्यपी एउटा कानको जाली फुटेका कारण उनी राम्रोसँग वोल्न तथा सुन्न सक्ने अवस्थामा थिएनन । घाइतेहरुका अनुसार आक्रमणकारीले पश्चिमा मुलुक दुतावास तथा निकायलाई सहयोग गरेको भन्दै तारो वनाउने गरेका छन । उनीहरुले यस अगाडी आफूहरुले सुरक्षित नै महसुस गरिरहेको बताए ।
एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका विराटनगरका प्रेमबहादुर क्षेत्रीको भने टाउकोको पछाडी भाग र खुट्टामा चोट लागेको छ तर पनि उनको अवस्था भने सामान्य छ । त्यसैगरी म्याग्दीका चेतप्रसाद शेरचनको अवस्था पनि सुधार भईरहेको छ र उनी विस्तारै वोल्न सक्ने अवस्थामा छन् । चितवनका कृष्णकुमार देउजाको पनि स्वास्थ्यअवस्थामा सुधार आइरहेको छ र उनको पनि कानमा समस्या रहेको छ ।
नेपाली विरामी लिएर आएका अफगानिस्तानका वेस्टटेक्सक अस्पतालका डाक्टर ग्रानजवाले नेपालीहरुप्रति अफगानि जनताको राम्रो माया सद्भाव रहेको वताए । उनले कान्तिपुरसँग भने, ‘यो त हामी सबैका शत्रु आतंकारीको हमला भयो मलाई एकदमै दु:ख लागेको छ , उहाँहरुलाई साथ दिइरहेको छु ।’
###
0 comments
Write Down Your Responses