कृषिमन्त्रीको कलाः करुवाले पानी हालेर गमलामा रोपाईँ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१५ असार, काठमाडौं । पोहोरको असार १५ मा तत्कालिन कृषि मन्त्री हरि पराजुलीले धानखेतमा पुगेर ‘तहल्का’ मच्चाएका थिए । हालका कृषिमन्त्री हरिबोल गजुरेलले भने फरक शैली अपनाएका छन् ।

मन्त्री गजुरेल धानखेतसम्म पुग्ने कष्ट गरेनन् । तर, रोपाईँ भने गरेरै छाडे । कृषि विकास मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा उनले गमलामा धान रोपेर ‘कर्तव्य’ पुरा गरेका छन् ।

राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् । मन्त्रालयका एक कर्मचारीले करुवाबाट पानी हालेर उनलाई सघाएका थिए ।

‘के गमलामा धान रोपेर नेपाल कृषिमा आत्मनिर्भर बन्ला त ?’ अनलाइनखबरले कृषि मन्त्रालयका सहसचिव काशिराज दाहाललाई सोध्यो ।

उनले अन्कनाउँदै जवाफ दिए, ‘गमलामा रोपेर त शुभारम्भ मात्र गरिएको हो । विस्तार त खेतमै रोपेर हुन्छ ।’

तस्वीर सौजन्य: प्रभात घिमिरे
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z