निर्दाेष नेपाली मारिए, परिवारलाई सरकारले सहयोग गर्छः प्रधानमन्त्री ओली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा आतंककारी हमलामा ज्यान गुमाएका का परिवार र घाइतेहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
काबुलमा मारिएका नेपालीको शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अफगानिस्तानमा निर्दाेष नेपालीले ज्यान गुमाएको दुःख व्यक्त गर्दै सरकारले सक्दो सहयोग गर्ने बताए ।
उनले भने– ‘तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष थिएन् । निर्दोष मारिए । यो कायरतापूर्ण आक्रमण हो । मृतक र घाइते परिवारलाई सरकारले सक्दो सहयोग गर्छ । छिट्टै क्याविनेटबाटै निर्णय हुन्छ ।’
प्रधानमन्त्री ओलीले मृतकका शव राखिएका कफिनमाथि फुल चढाएर श्रद्धान्जलि व्यक्त गरेका थिए । उनले मृतक परिवारजनप्रति समवेदना समेत प्रकट गरे ।

###
0 comments
Write Down Your Responses