‘राष्ट्रवादी ओली जिन्दावाद’भन्दै हेटौँडामा भव्य प्रदर्शन, युवतीहरू रातो टिशर्टमा देखिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हेटौँड, २ साउन । प्रधानमन्त्री केपी ओलीको समर्थनमा मकवानपुर जिल्लाको हेटौँडामा स्थानीय युवा र साना राजनीतिक दलका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।
आइतबार बिहान करीव ९ बजे हटौँडामा सयौँको संख्यामा सडकमा उत्रिएका युवाहरूले ओलीको पक्षमा नारावाजी गरेको चुरेभावर पार्टीका केन्द्रीय कोषाध्यक्ष राजाराम बोगटीले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री केपी ओलीज्यूले राष्ट्र र राष्ट्रियताको पक्षमा भारतसँग नझुकेर काम गर्नुभएको छ’, बोगटीले भन्नुभयो, ‘हेटौँडामा निकालिएको जुलुस कुनै पार्टी विशेषको होइन । यहाँका स्थानीय युवाले निकालेको स्वस्फुर्त -याली हो ।’
राष्ट्रिय झण्डासहित सडकमा आएका युवाले ‘राष्ट्रवादी प्रधानमन्त्री केपी ओली जिन्दावाद’को नारा लगाएका थिए । उनीहरूले भारतीय पक्षको जोडदार विरोध गरेका थिए । प्रदर्शनमा युवतीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
ओलीको पक्षमा निकालिएको प्रशर्दनमा एमालेका साथै विभिन्न दलका युवाहरूको पनि सहभागिता रहेको एक सहभागीले जनाए ।
युवाहरूको जुलुसपछि स्थानीय सीमा चौकमा कोण सभा गरिएको थियो । सभामा बोल्ने वक्ताहरूले भारतीय पक्षमा लागेको विभिन्न नेताहरूलाई दलाली नगर्ने चेतावनी दिएका थिए ।
ओली सरकार गिराउन संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुलुकका विभिन्न स्थानमा समर्थनमा जुलुस र -याली निस्कने क्रम जारी छन् ।

###
0 comments
Write Down Your Responses