खुला आकाश सम्झौतामा भारतको आलटाल सम्झौता नभए भैरहवा विमानस्थल चल्न नसक्ने !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भैरहवा अन्तराष्ट्रिय विमानस्थल तीव्र गतिमा निर्माण भइरहे पनि नेपाल र भारतीच खुला आकाश सम्झौता हुन नसक्दा यो विमानस्थल सञ्चालनमा समस्या हुने देखिएको छ ।विमानस्थल निर्माणले गति लिँदै गए पनि सम्झौता गर्न भारतले आलटाल गरेको छ ।

भैरहवा विमानस्थलबाट जहाज उडान र अवतरण गर्दा केही भारतीय आकाश प्रयोग गर्नुपर्ने भएकाले यो सम्झौता विमानस्थल सञ्चालनका लागि अनिवार्य शर्त मानिएको छ । समझौता नभए प्त्येक उडानका लागि भारतसँग स्वीकृति लिनुपर्नेछ । अाजको कारोबार दैनिकमा समाचार छ ।



नेपाल भारत सीमाको नजिकै रहेको विमानस्थलबाट हुने प्रतयेक उडानले सीमा वारपान गर्नुपर्ने वाध्यता छ । यसलाई निःशुल्क गराउन तथा भारतीय आकाश प्रयोग गर्न यो सम्झौता गर्नुपर्ने भए पनि ५ वर्षदेखि निर्णय हुन सकेको छैन ।
भारतीय पक्षले वार्ताको मिति तोक्दै सार्दै गर्ने गरेकोले अन्योल बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले जनाएको छ ।

सम्झौता नभए निजगढमा निर्माण गर्ने भनिएको दोस्रो विमानस्थलको समेत भविष्य अन्योलमा पर्नेछ ।भैरहवा विमानस्थल २०१८ जनवरीभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z