प्रचण्डले भारतलाई चीनसंगको पुरै सम्बन्ध तोड्ने सन्देश पठाएको द हिन्दूको दाबी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ४ साउन । नयाँ सरकार गठनको प्रयासमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतलाई चीनसँग सम्बन्ध तोड्ने सन्देश पठाएको एक भारतीय पत्रिकाले दाबी गरेको छ ।
भारतको चर्चित पत्रिका द हिन्दूले प्रचण्डको सन्देश नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता मात्रिका यादवले दिल्लीमा विभिन्न नेताहरुलाई भेटेर यो सन्देश सुनाएको दाबी गरेको हो ।
प्रचण्डको विशेष दूतका रुपमा दिल्ली पुगेका यादवले भारतमा कांग्रेस नेता करण सिंह जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय कांग्रेसका नेता डीपी त्रिपाठीलाई भेटेको समाचारमा उल्लेख छ ।
मंगलवार प्रकाशित समाचारमा प्रचण्डले मातृका यादवलाई आफ्नो आधिकारिक दूतका रुपमा पठाएर अब चीनसँगको आफ्नो सम्बन्ध पूर्ण रुपमा बन्द भएको सन्देश पठाएको भन्दै हिन्दुले लेखेको छ- ‘केही दिनअघिसम्म नेपाल सरकारमा एक पक्ष रहेको माओवादी केन्द्रका प्रतिनिधि भएर मात्रिका यादव दिल्ली आएका थिए । उनी माओवादी हेडक्वार्टरको भारतप्रतिको आधिकारिक धारणा र नेपालको पछिल्लो राजनीतिक विकासक्रम बताउन यहाँ आएका हुन् ।
यादवले भारतीय नेताहरुसँग प्रचण्डलाई सहयोग गर्न आग्रह गरेको र परस्परको अविश्वास हटाएर सम्बन्ध गाढा बनाउनुपर्नेमा जोड दिएको उल्लेख छ । अबको सरकारले चीनसँगको सम्बन्ध पूरै बन्द गर्न लागेको भारतीय पक्षलाई आश्वास्त पार्दै यादवले अविश्वासको प्रस्ताव दर्ता भए पनि सहज बाटो नभएकाले र प्रधानमन्त्रीले संसद फेस गर्छु भनेकाले जे पनि हुन सक्ने जानकारी गराएका थिए ।
यता दिल्लीबाट नेपाल फर्किएका यादवले पनि केही दिन अघि आफू दिल्ली गएको स्वीकार गरे । तर, आफू प्रचण्डको विशेष दूतका रुपमा नभई ढाडको उपचारका लागि गएको उनको दाबी छ । दिल्लीमा राजनीतिक भेटघाट भएको उनले स्वीकारेका छन् । ‘उनीहरु मेरा साथी हुन् । भेटघाट भयो ।’
यसअघि माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफू प्रधानमन्त्री बन्दा चीन झन खुसी हुने बताएका थिए ।

###
0 comments
Write Down Your Responses