ओली सरकारको पक्षमा सयौं युवाहरुको मोटरसाइकल र्याली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दाङ, ४ साउन । देश र जनताको पक्षमा अभूतपूर्व राम्रा काम गरेर लोकप्रिय बनेको केपी शर्मा ओलीको वर्तमान सरकारको पक्षमा देश व्यापिरुपमा समर्थन गर्दै र्याली एवं सभाहरु भइरहेका छन् ।

यहीक्रममा मंगलबार दाङका युवाहरुले स्वतस्फूर्तरुपमा ओली सरकारको पक्षमा मोटरसाइकल र्याली र सभा गरेका छन् । स्वतन्त्र युवा अभियान दाङले आयोजना गरेको मोटरसाइकल र्यालीमा सहभागि सयौं युवाहरुले वर्तमान सरकारले देश र जनताको पक्षमा धेरै राम्रा काम गरेको भन्दै सरकारको पक्षमा खुलेर नाराजुलुश गरेका थिए ।
विभिन्न प्लेकार्ड र नेपाली झण्डासहित र्यालीमा सहभागी युवाहरुले घोराहीको शहिदगेटबाट सुरु गरेको मोटरसाइकल र्याली ट्राफिकचोक, निमाहल रोड, बैंकरोड, तुलसीपुरचोक, अफिसरोड, जिविसरोड, शहिद उमेशमार्ग रोड, दामोदरचोक, शव्जिमण्डि, नयाँबजार, लखनपार्क, मिलनचोक, रतनपुरचोक, मेनरोड हुँदै तुलसीपुरचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्ने वक्ताहरुले वर्तमान सरकार इतिहासकै सबै भन्दा लोकप्रिय र राष्ट्रबादी भएको भन्दै भारतीय नाकाबन्दीलाई समेत निष्तेज पारेकोमा प्रशंशा गरेका थिए । मुलुकलाई समृद्ध बनाउन योजनासहितको बजेट वर्तमान सरकारले ल्याएको र छिमेकी देशहरुसँग देश र जनताको पक्षका धेरै नयाँ सन्धीसम्झौताहरु गरेको भन्दै वर्तमान सरकारले राम्रा काम गरेकाले षड्यन्त्रकारी तवरबाट सरकारलाई हटाउन खोजिएको आरोप वक्ताहरुको थियो ।
नयाँ संविधानमा निर्वाचनपछि मात्र सरकार परिवर्तन गर्ने कुरा उल्लेख हुँदा हुँदै बलजफति नयाँ सरकार गठन गर्न लागिएकोमा युवाहरुले कडाशव्दमा त्यसको निन्दा गरेका थिए । वर्तमान सरकारले लोककल्याणकारी कार्यहरु गरेर जनताको मन जितेकाले अत्तालिएर सरकार परिवर्तनको खेल सुरु भएको भन्दै यसप्रकारको षड्यन्त्र कुनै पनि हालतमा सफल नहुने वक्ताहरुको भनाई थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, दाङ युवा मञ्चका उपाध्यक्ष समिर वली, अर्जुन पन्थीलगायतकाले बोल्नुभएको थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z