यी हुन् अध्यक्ष प्रचण्डविरुद्ध उभिएका माओवादी केन्द्रका चार नेता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रधानमन्त्री ओलीसँग सहकार्य तोड्ने निर्णयको विरोध
काठमाडौं, १ साउन । सरकारबाट समर्थन फिर्ता लिने निर्णयको विपक्षमा नेकपा माओवादी केन्द्रका चार नेता उभिएका छन् ।
यसको अग्रपंक्तिमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ रहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा नेताहरुले सरकार छाड्ने निर्णयको आलोचना गरेका हुन् ।
पत्रकार प्रेम बानियाँसँग न्यूज ट्वान्टीफोर टेलिभिजनमा कुरा गर्दै नेता श्रेष्ठले माओवादीले सरकार छाडेको कुरा पत्रपत्रिकाबाट थाहा पाएको बताएका थिए । उनले यो निर्णयलाई हतारको निर्णय र तत्कालका लागि पार्टीलाई फाइदा भएपनि दीर्घकालमा राष्ट्रघात हुने बताएका थिए ।
एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य तोड्ने माओवादी निर्णयमा उनले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् । उनले सरकार छाड्ने निर्णयपछि अध्यक्ष प्रचण्डको आलोचना पनि गरेका छन् ।
यसैगरी प्रचण्डको आलोचना गर्नेमा गिरिराजमणि पोखरेल टोपबहादुर रायमाझी र शक्ति बस्नेत लगायत छन् । अध्यक्ष प्रचण्ड निवासमा जारी बैठकमा यी सबै नेताहरुले केपी ओलीको विदाइ अनिवार्य भएको तर, पार्टीले अहिले अपनाएको प्रक्रिया भने गलत भएको भनेर पार्टी नेतृत्वको आलोचना गरेको एक नेताले बताए । उनले भने- ‘अध्यक्षको निर्णयमा केही साथीहरुले आलोचनात्मक धारणा राख्नुभयो । ओलीसँग सहकार्य तोड्नु हुँदैन्थ्यो भन्ने उनीहरुको जोड थियो ।’

###
0 comments
Write Down Your Responses