टेम्पो पनि चढ्न थाले पूर्वमन्त्री लालबाबु पण्डित (फोटो फिचर)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ४ साउन । कहिले साइकल त कहिले सार्वजनिक सवारी चढ्ने पूर्वमन्त्री लालबाबु पण्डित मंगलबार टेम्पोमा यात्रा गरिरहेका देखिए । उनलाई देख्नेवित्तिकै धेरै मानिसहरुले अचम्म माने । केही पत्रकारले आफ्नो क्यामेरामा पनि कैद गर्न भ्याए ।
कांग्रेस र एमालेको तत्कालिन सरकारमा सामान्य प्रशासनमन्त्री लोकप्रिय काम गरी चर्चामा आएका पण्डित अहिले पनि सार्वजनिक यातायात चढ्छन् । उनको अहिले पनि निजी सवारी छैन् ।
सादा जीवन उच्च विचारलाई प्राथमिकता दिने नेता पण्डित डिभी, पिआर र ग्रिनकार्ड लिने कर्मचारी, नेताहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाएर चर्चामा आएका थिए ।
कैयौ नेता तथा उच्च पदाधिकारीहरुले राज्यबाट चाहिनेभन्दा बढी सेवा सुविधा लिइरहेका बेला लालबाबु भने आफ्नै पैसाले सार्वजनिक यातायात चढेर जनताका लागि नमुना बनेका छन् ।


###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z