प्रचण्डमार्फत फास्ट ट्रयाक हात पार्ने भारतको प्लान, पूर्व भारतीय राजदूतले गरे खुलासा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ३ साउन । नेपालका लागि पूर्व भारतीय राजदूत राकेश सुदले नेपालमा अब बन्ने प्रधानमन्त्री (प्रचण्ड)माथि भारतले राखेको नयाँ इच्छाको खुलासा गरेका छन् ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्न भारत हात धोएर लागिरहेको आरोप लगाइरहेका बेला पूर्व राजदूत सुदले उक्त आरोपलाई पुष्ट्याउने तथ्य पनि सार्वजनिक गरेका छन् ।
सरकारबाट समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा नयाँ समीकरण बनाउन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि भारतले द्रूत मार्ग (फास्ट ट्रयाक)का निर्माण गर्न पाउने चाहना राखेको सुदले उल्लेख गरेका छन् ।
आज प्रकाशित भारतीय अंग्रेजी पत्रिका द हिन्दुमा लेख लेख्दै पूर्व भारतीय राजदूत सुदले सात वर्षअघि प्रधानमन्त्रीको पहिलो कार्यकालमा भएका गल्तीबाट पाठ सिकेर प्रचण्ड धेरै बुद्धिमान भएको तर्क गर्दै अगाडि लेखेका छन्- ‘प्रचण्डका सामुन्ने राजनीतिक र विकास निर्माण सम्बन्धी प्रशस्त चुनौती छन् । यद्यपी नेपाली कांग्रेस र माओवादीबीच भएको ७ बुँदे समझदारी डेढ वर्षसम्म सँगै जाने अपेक्षा गर्न सकिन्छ ।’
लेखमा सुदले काठमाडौं तराई द्रूतमार्ग निर्माण भारतले पाउने उल्लेख गरेका छन् । गएको दुई वर्षमा भारतले नेपाललाई एक अर्ब ६५ करोड डलर बराबरको सहयोग गर्ने प्रतिवद्धता जनाएको र त्यसमध्ये ७५ करोड डलर रकम द्रूत मार्गका निम्ति प्रयोग गर्ने भारतीय चाहना रहेको लेखेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त परियोजना भारतीय कम्पनीलाई नदिने निर्णय गरेपछि अव रोकिएको परियोजनालाई सही बाटोमा ल्याउने जिम्मा नयाँ सरकार (प्रचण्ड)को भएको सुदको लेखमा उल्लेख छ ।

यसअघि प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममार्फत फास्ट ट्रयाक नेपाल आफैले बनाउने घोषणा गरेका थिए भने बजेट पनि छुट्याएका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले फास्ट ट्रयाक नेपाल आफैले बनाउने घोषणाको विरोध गरेका थिए । उनले भारतीय कम्पनीलाई नै फास्ट ट्रयाक दिनुपर्ने धारणा राखेका थिए ।
यसबाट फास्ट ट्रयाक हात पार्नका लागि पनि भारतले ओली सरकार ढाल्न खोजेको पुष्टि भएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z