विजय गच्छदारका छोराले सृष्टिलाई भित्र्याए, सैनिक मुख्यालयभित्र रक्सी पाटी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, २ साउन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विजय गच्छदारका कान्छा छोराले काठमाडौं नयाँ बानेश्वरकी युवतीसँग धुमधामसँग विवाह गरेका छन् ।
गच्छदारका कान्छा छोरा सुवास गच्छदारले नयाँ बानेश्वर निवासी सुष्टि कार्कीसँग विवाह गरेका हुन् । सुवास र सुष्टिवीच लामो समयको प्रेमसम्बन्धपछि दुवै परिवारको राजिखुसीमा मागी विहे गरिएको दाबी स्रोतको छ ।
सुवास र सृष्टिको विवाहपछि उपप्रधानमन्त्री गच्छदारले छोराको बिहे भोज भव्य रुपमा दिएका छन् । शनिबार बेलुका भद्रकालीस्थित सैनिक मुख्यालयभित्र रहेको त्रिभुवन आर्मी अफिसर्स क्लवमा गच्छदारले झण्डै चार हजारलाई बोलाएर कक्टेलसहितको डिनर भोज खुवाएका हुन् ।
गच्छदारको कान्छो छोराको विहे भोज खान प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि उच्च व्यक्तित्वहरूको मात्रै सहभागिता रहेको थियो ।
बिहे भोज सरकारले तोकेको मापदण्ड विपरित रहेको स्रोतको भनाइ छ । विवाह खान पुगेका एक नेताले भने, ‘सरकारका वरिष्ठ मन्त्री भएर आफैले बनाएको विवाह आचार संहितासम्बन्धी कानुन उल्लंघन गरेका छन् ।’
सुवास र सृष्टिको विवाहपछि उपप्रधानमन्त्री गच्छदारले छोराको बिहे भोज भव्य रुपमा दिएका छन् । शनिबार बेलुका भद्रकालीस्थित सैनिक मुख्यालयभित्र रहेको त्रिभुवन आर्मी अफिसर्स क्लवमा गच्छदारले झण्डै चार हजारलाई बोलाएर कक्टेलसहितको डिनर भोज खुवाएका हुन् ।
गच्छदारको कान्छो छोराको विहे भोज खान प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि उच्च व्यक्तित्वहरूको मात्रै सहभागिता रहेको थियो ।बिहे भोज सरकारले तोकेको मापदण्ड विपरित रहेको स्रोतको भनाइ छ । विवाह खान पुगेका एक नेताले भने, ‘सरकारका वरिष्ठ मन्त्री भएर आफैले बनाएको विवाह आचार संहितासम्बन्धी कानुन उल्लंघन गरेका छन् ।’

###


0 comments
Write Down Your Responses