युरो जित्न पोर्चुगिज खेलाडीहरुको प्रेरणा रोनाल्डोको भाषण !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं । करिअरकै सबैभन्दा ‘ठूलो’ खेलको बीचैमा चोटका कारण मैदान छोड्नु पर्दा सुपरस्टारहरु कति विक्षिप्त होलान्, त्यो हिजो सम्पन्न युरोकपको फाइनलमा फ्रान्सबिरुद्ध २५औं मिनेटमै बायाँ घुँडाको चोटका कारण मैदान छाड्न बाध्य भएका क्रिष्टियानो रोनाल्डोलाई हेरे पुग्थ्यो ।

मैदान छाड्दै गर्दा उनी निक्कै निराश र भावुक बनेका थिए र त्यो दृश्यले उनकै टिममेटको मनोविज्ञानमा नकारात्मक असर परेजस्तो देखिन्थ्यो ।

तर, चोटका कारण मैदान छाड्नुपरेपनि उनले मन दह्रो बनाउँदै हाफ टाइममा टोलीका सदस्यलाई यस्तो भाषण दिए कि टोलीका डिफेण्डर सेड्रिक सोआरेसका अनुसार त्यो ‘अविश्वसनीय’ थियो । सोआरेस मान्छन् कि रोनाल्डोको त्यही प्रेरणादायी भनाइको प्रभाव पोर्चुगलले फ्रान्सलाई १-० ले हराउँदै युरो २०१६ को उपाधि जित्यो ।

आफ्ना स्टार क्याप्टेनलाई खेलको सुरुवातमै गुमाउनुपर्दा पार्चुगिज टोलीका खेलाडीहरुमा निक्कै ठूलो आधात परेको थियो ।

तर, मध्यान्तरमा रोनाल्डोको प्रेरणाले खेलाडीलाई राहत मिलेको थियो । ‘यो निक्कै कठिन क्षण थियो,’ सोआरेसले भने, ‘मलाई याद छ, मेरो लागि र समग्र टोलीका लागि यो निक्कै आधातको क्षण थियो जतिबेला हाम्रा कप्तान चोटका कारण मैदान छोड्न बाध्य भए ।’

सोआरेसले थपे, ‘हाफ टाइममा क्रिष्टियानोले हामीलाई शानदार भाषण दिएका थिए । मलाई लाग्छ त्यो भाषणले समग्र टोलीको एटिच्युडमा सकारात्मक असर गरेको थियो । र हामीले त्यसपछिको खेलमा जस्तो प्रदर्शन गर्‍यो त्यो पहिलेभन्दा निक्कै सुधारिएको थियो ।’

चेाटग्रस्त भएर मैदान छाड्नुपर्दा रोनाल्डो कति निराश देखिएका थिए ? भन्ने पत्रकारहरुको प्रश्नमा सोआरेसले भने, ‘होइन, उनी निक्कै उत्साही थिए । उनको एटिच्युड अविश्वसनीय थियो । उनले जहिल्यै टिममेटलाई सहयोग गरे र जतिबेला पनि उनले टिममेटलाई प्रेरक कुराहरु गरिरहेका थिए । जसले गर्दा टोलीका प्रदर्शन उत्कृष्ट रहृयो ।’

रोनाल्डो अतिरिक्त समयको दोस्रो हाफमा अधिकांश समय टचलनाइनमा असिस्टेन्ट म्यानेजरको रुपमा सक्रिय रहे । बेन्चबाटै निर्देशन दिइरहेका देखिन्थे ।

सोआरेसले उनको यस कदमको पनि प्रशंसा गरे । ‘पक्कैपनि खेलको हरेक क्षणमा उनले प्रत्येक खेलाडीलाई दिएका हरेक निर्देशनहरु प्रेरणादायी थियो । बास्तवमा त यस टोलीमा समावेश भएर च्याम्पियन बन्न पाउँदा गौरवान्वित छु ।’
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z