यात्रा गर्दा मनै सिरिङ्ग हुने बाटाहरु... (फोटो फिचरसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

हेरौं केही जोखिमपूर्ण सडक जहाँ यात्रा गर्दा मनै सिरिङ्ग हुन्छ ?जम्मु कश्मिरस्थित जोजीला पास सडक
यो सडकलाई भारतको सबैभन्दा खतरनाक सडक मानिन्छ । यस सडकमा सवारी चलाउने चालकको जीवन खुकुरीको धारमा रहेको हुन्छ । सानो मात्र असावधानीले ज्यान गुमाउने जोखिम चालक र यात्रुले मोल्नुपर्ने हुन्छ ।
समुन्द्र सतहबाट तीन हजार पाँच सय ३८ मिटर उचाईमा रहेको यो सडकले लद्दाख तथा कश्मीरलाई जोड्छ ।
जम्मु कश्मिरस्थित किस्तवार कैलाश रोड
जम्मु कश्मिरको किस्तवार सडक यस्तो खतरनाक सडक छ । जहाँ पुग्ने मानिस सडक देखेर झस्किन्छ ।
गहिरो खोँचमा हरियो देखिने नदि बाटोको एकातिर छ भने गति थोरै मात्र असिमित भए भित्ताको चट्टानमा ठोकिने डर । पहाड खोलेर बनाइएको सडकको धेरै भागमा एक पटकमा एउटा गाडीमात्र सञ्चालन हुन सक्छ ।
यो सडक कच्चि छ । उक्त सडकमा सवारी चलाउनु भनेको मृत्यु रोज्नु बराबर भएको स्थानीयहरु बताउँछन् ।
हिमाचल प्रदेशस्थित किस्तवार सडक
भारतको हिमाचल प्रदेशमा रहेको केलोन्ग किस्तवार सडक दुनियाँकै आकर्षक तथा अत्यन्तै खतरनाक सडक हो । सामान्य सडकमा सवारी चलाएका तथा भर्खरै सवारी सञ्चालन सिकेका चालक भने उक्त सडकमा गाडी लिएर नगएकै जाति हुन्छ । राम्रो सवारी चालकलाई पनि यो सडकमा सवारी गुडाउँदा पसिनै छुट्ने गरेको छ ।
यो सडक हिमाचल प्रदेशको केलोन्गदेखि किस्तवाइको बीचमा पर्दछ ।
हिमाचल प्रदेशको स्पिति वैली सडक
यो सडकको दृश्य देखेरै तपाईंलाई थाहा भयो होला कि यो कति खतरनाक छ भन्ने । यो सडकमा चालकले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । चिसो समयमा हल्का तुसारो परेको छ भने त यो सडक भएर कुनै पनि सवारी सञ्चालन हुन सक्दैनन् ।
यो सडकमा हिँड्नका लागि अप्रिलदेखि अक्टुबरसम्मको समय राम्रो मानिन्छ ।
हिमाचल प्रदेशको एनएच २२ किन्नौर रोड
यो खतरनाक रोडमा सवार गर्दा साघुँरो तथा अध्यारो लाग्ने गुफा जस्तो अनि चट्टान झर्न लागेको जस्तो खतरनाक दृश्य देखिनेछ । सवारी चालकले यस सडकमा सानो मात्र गल्ती गर्यो भने खोँचमा बगिरहेको बस्पा नदीमा पुगिन्छ । जहाँ खसेपछि ज्यान जोगिन मुस्किल छ । योसँगै यस सडकमा यात्रा गर्दा तपाईंले अन्य धेरै कठिन समस्याको सामना गर्नुपर्छ ।

###
0 comments
Write Down Your Responses