सामाजिक सञ्जालमा शेरे भनेर चिनिने तस्बिर कसको होला ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
यी ब्यक्ति नेपालका भने होइनन् । यिनी चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङ हुन् । उनी ७ फिट ६ इन्च अग्ला छन् ।व्यङ्ग्यमा देखिने सेतो तस्बिर तिनै व्यक्तिको फोटोको स्केच हो । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए । सन् २००९ मे महिनामा खेलपछि भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो अनुहार बनाएका थिए ।

त्यसपछि एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्ग्यमा प्रयोग गर्ने निर्णय गरेका थिए । त्यसपछि उनको सो तस्बिर व्यङ्ग्यमा देखिन थालेको हो । सामाजिकल सञ्जालमा यो तस्बिर छ्याप छ्याप्ती देख्न पाइन्छ । सामाजिक संजालमा शेरेको नाममा यहि फोटो प्रयोग भएर थुप्रै मनोरन्जनात्मक पोस्ट हरु भेटिने गरेको छ ।

###
0 comments
Write Down Your Responses