पार्टीको गलत निर्णयले राजीनामा बुझाउन बाध्य भयौँ - रायमाझी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आफ्नो पार्टीले सरकारको समर्थन फिर्ता लिएपछि सो राजिनामा दिन रायमाझी बालुवाटार गएका हुन् । पार्टीले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि सामूहिक राजीनामा दिन बालुवाटार पुगेका रायमाझीले ओलीसँग केही मिनेट गम्भीर कुरा गरे ।
भेटमा प्रधानमन्त्रीसंग रायमाझीले भने ‘राम्रो काम हुँदै थियो, तपाईको नेतृत्वमा काम गर्न हामीलाई कुनै अप्ठ्यारो भएन, पार्टीले गलत निर्णय लिएपछि राजीनामा बुझाउन बाध्य भयौँ ।’ जवाफमा ओलीले अगाडि बढ्न सफलता मिलोस भन्ने शुभकामना दिएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार माओवादी केन्द्रका मन्त्रीहरुले दिएको राजीनामा बुधबारनै स्वीकृत हुनेछ ।
###
0 comments
Write Down Your Responses