युरो २०१६ को फाइनल : चर्चा पुतलीको
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पेरिस – युरोपेली फुटबलको महासंग्राम युरो २०१६ को फाइनलमा चर्चा दुई दाबेदार टोली फ्रान्स र पोर्चुगलको हुनुपर्ने थियो । तर, खेलको दौरान सामाजिक सञ्जाल र इन्टेरनेटमा भने चर्चा खेलको साटो एउटा पुतलीको भइरहेको थियो ।






पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो घाइते भएर रोइरहँदा एउटा बत्तीमा झुम्मिने पुतली आएर उनको अनुहार वरपर घुमेको टेलिभिजन फुटेजमा देखिएको थियो । त्यसको केही बेरमा नै उक्त पुतली समाजिक सञ्जालमा चर्चाको विषय बन्यो । ट्वीटरमा यो ट्रेन्डिङ हुन थाल्यो भने हाफटाइमसम्ममा यसको ५० भन्दा बढी एकाउण्ट नै खडा भए ।

वास्तवमा खेल शुरु हुनअघि नै मैदानमा ठूलो संख्यामा यस्ता पुतली देखापरेको थियो । डेली मेलले जनाए अनुसार अघिल्लो रातभर स्टेडियमको बत्ती बलेको कारणले ती पुतलीहरु स्टेडियममा आकर्षित भएका थिए ।

खेलअघि पुतलीको उल्लेख्य उपस्थितिका कारण खेलाडी र रेफ्रीहरुले निकै झन्झट बेहोर्नु परेको थियो ।






###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z