चीनले नेपाललाई थप सहयोग गर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ४ साउन । चीनले नेपालमा उर्जाका लागि वैकल्पिक उद्योग स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
सरकारी स्वामित्वको चाइना इलेक्ट्रोनिकल इन्जियिर्स डिजाइन इन्स्टिच्युटले वैकल्पिक उर्जाबाट इन्धन उत्पादन गर्ने उद्योग स्थापना गरिदिने प्रतिवद्धता जनाएको हो ।
चीन सरकारको निमन्त्रणमा वैकल्पिक उर्जाका विषयमा सम्भाव्यता अध्ययन गर्न चीन पुगेका नेपाली टोलीलाई इन्स्टिच्युटले यस्तो प्रतिवद्धता जनाएको हो ।
टोलीमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वमा मन्त्रालयकै उपसचिव अर्जुन पन्च निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्का र निगमकै पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह सहयोगी थिए ।
मन्त्रालयका उपसचिव पन्तले चीनसँग इन्धनको सम्झौता गरेर तत्कालै कारोबार गर्ने अवस्था नआएकाले वैकल्पिक माध्यमबाट इन्ध भित्र्याउने नीति अन्तर्गत सम्भाव्यता अध्ययन गर्न नेपाली टोली चीन भ्रमण गरेको जानकारी दिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z