श्रीमतीलाई झुक्याएर सम्वन्ध विच्छेद
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राजविराज : सप्तरीको लोहजरा–१ का एकजना युवाले डेढ वर्ष अघि बिहे गरेकी श्रीमतीलाई झुक्याएर सम्बन्ध विच्छेद गर्न खोजेको भन्दै अदालतमा उजुरी परेको छ।

औषधी गर्न भनी सदरमुकाम राजविराज ल्याएर जयप्रकाश मेहताले राम्रोसँग पढन–लेख्न नजान्ने सविता महतोलाई झुक्याएर सहीछाप गर्न लगाई गत कात्तिक २३ गते जिल्ला अदालत सप्तरीमा सम्बन्ध विच्छेदको उजुरी दिन लगाएका थिए। उजुरीपछि राजीखुशीले सम्बन्ध विच्छेद चाहेको भन्दै जयप्रकाशले मिलापत्रको कागजातमा समेत सहीछाप गराई अदालतमा बुझाई सकेका थिए।
जयप्रकाशले झुक्याएर सम्बन्ध विच्छेद गर्न खोजेको भन्दै सविताले जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालसमक्ष सोमबार गुनासो गरेकी छन्। उपचार गराउन सहीछाप गर्नुपर्ने भनी थाहा नै नदिई सम्बन्ध विच्छेदको सम्पूर्ण कागजातहरु तयार गरी न्यायाधीशसमक्ष पेश गर्न खोजेपछि मात्र आफूले थाहा पाएको सविताले बताइन् ।
सविताअनुसार पति जयप्रकाशको कुटाईबाट अर्धबेहोस भएको अवस्थामा उपचार गराउने भन्दै पहिले नै तयार गरिसकेको सम्बन्ध विच्छेदको कागजातमा सहीछाप गराई अदालतमा पेश गरेका थिए ।सबै कागजात तयार पारेर आफ्ना केही आफन्त, साथीहरुका साथ सबीतालाई एक्लै अदालतमा उपस्थित गराई जयप्रकाशले थाहै नदिई सम्बन्ध विच्छेद गर्न खोजेको पीडितले बताइन् ।
सम्बन्ध विच्छेद गर्दा सबीताले नै सम्बन्ध विच्छेद गर्न माग गरेको र अदालतमा पुगेर बैधानिक रुपमा सम्बन्ध विच्छेदको मिलापत्रको कागज समेत तयार गरिएको अदालतले पुष्टि गरेको छ । तर सबीताले आफूले कहिल्यै पनि सम्बन्ध विच्छेद नचाहेको बताएकी छन् ।सबीता र जयप्रकाशको ०६९ फागुन १३ गते सामाजिक परम्पराअनुसार मागी विवाह भएपनि जयप्रकाशले तयार गरेको कागजातमा ०६७ फागुन ४ गते विवाह भई ०६७ फागुन २५ गते कुटपिट गरी घरनिकाला गरेको उल्लेख छ।
भारदहस्थित कंकालिनी मन्दिरमा जयप्रकाशले गत असोज १ गते दोस्रो विवाह गरेको सबीताले आरोप लगाएकी छन् । सबीताका अनुसार जयप्रकाशले कान्छी पत्नीलाई सिरहाको मटिअर्वा सिंग्राही–२ स्थित नन्द रेणु महतोको घरमा राखेका छन् । बहुविवाह गरेको विषयमा विवाद हुँदा जयप्रकाशले दोस्रो विवाह नगरेको बताएपछि कञ्चनरुप इलाका प्रहरी कार्यालयमा गत असोज १९ गतेको छलफलपछि सबीतालाई जयप्रकाशले सँगै काठमाडौं लैजानुपर्ने सहमति भएको थियो । जयप्रकाश काठमाडौंमा मजदुरी गर्छन् ।
छलफलमा दोस्रो विवाह नगरेको र सँगै लैजाने प्रतिबद्धता गरेका जयप्रकाशले झुक्याएर सम्बन्ध विच्छेद गराउन षडयन्त्र गरेको सबीताले बताइन् । आमा बीमलादेबी महतोसँग अदालत आएकी सबीता हाल राजविराजस्थित सेफ हाउसमा आश्रय लिएर बसेकी छन् ।

###
0 comments
Write Down Your Responses