यसरी हुँदैछ विप्लबको सहरी विद्रोह
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं ।
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले सहरी विद्रोहको तयारी अघि बढाएका छन् । बैद्य माओवादीबाट छुट्टिनका लागि राष्ट्रिय भेला बोलाएका विप्लबले त्यही भेला मार्फत सहरी विद्रोहको कार्यदिशा तय गर्न लागेका हुन् । सहरी विद्रोहबाट जनवादी राज्यसत्ता स्थापना गर्ने कार्यदिशा तय गरी भेला टुगिंने माओवादी नेताको भनाइ छ । ती नेताका अनुसार भेलाबाट विशेष महाधिवेशन आयोजना गर्ने निर्णयसमेत हुनेछ । चन्दको राजनीतिक कार्यदिशामा जनयुद्धविनाको सहरी विद्रोहको परिकल्पना गरिएको छ ।

विप्लबले नेपालको वर्तमान भूराजनीतिक र धरातलीय यथार्थले जनयुद्धमा जान नसकिने विश्लेषणपछि सहरी विद्रोहको परिकल्पना गरेका हुन । २०६३ सालमा टुंगिएको जनयुद्धको जगमा सहरी विद्रोहको तयारी गर्ने योजना विप्लवको कार्यदिशा हो । सहरी विद्रोहका लागि मुख्यतः मजदुर प्रमुख शक्ति बन्छ । त्यसलाई विद्यार्थी मोर्चाले साथ दिन्छ । यद्यपी नेपालको सहरमा मजदुर र विद्यार्थी दुवै विप्लवको पकडमा छैन । त्यसले गर्दा चन्दको सहरी विद्रोहका लागि सेना तयार गर्ने योजना अपरिपक्क विश्लेषणका रुपमा चन्दनिकट केही नेताहरुले नै टिप्पणी गरेका छन् । र उक्त टीमले भेला बहिस्कार समेत गरेको छ । त्यसो त आधारइलाका निर्माण विना कसरी सेनाको रक्षा हुन सक्छ ? नेता, कार्यकर्ताको सुरक्षा व्यवस्था कसरी गर्न सकिन्छ ? भेलामा सहभागी नेताहरुले चन्दलाई प्रश्न उठाएर भेलामा नगएको ती नेताले बताए ।


जातीय राजनीतिको विपक्षमा
नेपालमा जातीय र क्षेत्रीय राजनीति हावी भएको बेला चन्द जातीय राजनीतिको विपक्षमा उभिएका छन् । विप्लवको एकीकृत क्रान्तिको सिद्धान्त नामक राजनीतिक दस्तावजेमा जातीय संघीयता तथा जातीय अधिकारको प्रसंग नरहेको माओवादी नेताका भनाइ छ । चन्दले दस्तावेजमा उत्पीडित जाति, क्षेत्र, लिंग र वर्गलाई समान अवसरको दिनुपर्ने उल्लेख भए पनि माओवादीका सचिव देव गुरुङ र नेता सुरेश आलेमगरको जस्तो जातीय पहिचानसहितको राज्यको कुरा उठाएका छैनन् ।


संघीयताबारे अस्पष्ट
चन्द नेपाल पुनसंरचनाका क्रममा चलेको संघीयताको बहसबारे अस्पष्ट छन् । स्रोतका अनुसार जातीय राजनीतिझै संघीयताबारे पनि मौन बसेर चन्दले जातीयता र संघीयता दुवैलाई अस्वीकार गरेको सन्देश दिएका हुन । उनले दस्तावेजमा जातीय राजनीति र संघीयताबारे एक हरफमात्रै उल्लेख गरेका छन ।


सात बुंदे असहमति
चन्दको कार्यदिशामा प्रश्न उठाएर डक्टर ऋषिराज बरालले सात बुँदे असहमति केही महिना पहिला नै राखेका थिए । दस्तावेजमा उठाएको सहरी विद्रोहमै बरालले लिखित असहमति जनाएका थिए । उनका असहमति छलफल गर्ने भनेर बताएका चन्दले फरक मत नसमेटेपछि बरालको टीम अहिले चन्दसँग टाढिएको छ । उक्त टीमले भेला बहिस्कार गरेका छन । मजदुर नेता रामदीप आचार्यसमेत भेलामा नजाने बताइरहेका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z