डिग्री पढेका युवा माछा र बंगुर पालनमा, वार्षिक करोडको कारोबार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कास्की : जिल्लाको भरतपोखरी गाविसका युवा माछा र बंगुर पालन गरेर उदारणीय बनेका छन्। डिग्री पास गरेका ६ जना युवाको नेतृत्वमा आठजना मिलेर २०५८ सालदेखि माछा र बंगुर पालन सुरु गरेका हुन्।
शुक्लागण्डकी माछा उत्पादन प्रालि स्थापना गरी उनीहरूले भरतपोखरी गाविस लामगादीमा ४८ रोपनी जग्गा खरिद गरेका छन्। सोही जग्गामा मागुर माछा र बंगुरपालन व्यवसाय गरेर बर्सेनि झन्डै डेढ करोडको कारोबार गर्दै आएको प्रालिका अध्यक्ष सूर्यप्रसाद पौडेलले बताए।
गत आर्थिक वर्षमा एक करोड ४१ लाख रुपैयाँको माछा र बंगुरको कारोबार भएको उनले जानकारी दिए। नाफा भएको रकम उद्योगकै नयाँनयाँ संरचना निर्माण र क्षेत्र विस्तारमा खर्च गरिँदै आएको पौडेलले बताए।
कम्पनीले ७० लाख ५० हजारको माछा र ६८ लाख रुपैयाँको बंगुर बिक्री भएको जनाएको छ। उनीहरूले २०५८ सालमा कम्पनी दर्ता गरी व्यवसाय सुरु गरेका हुन्। सूर्यप्रसादसहित खेमराज पौडेल, भूमेश्वर आचार्य, यदुराज आचार्य, यज्ञप्रसाद आचार्य, उपेन्द्र बानियाँ, गोपबहादुर बानियाँ र गणेशबहादुर बानियाँ मिलेर व्यवसाय सुरु गरेका हुन्।
'हामी चारजना विभिन्न कलेज, विद्यालय र सरकारी कार्यालयमा कार्यरत थियौं। केही साथी रोजगारको खोजीमा हुनुहुन्थ्यो। त्यसैले सबैलाई रोजगारको अवसर सिर्जना गर्न र व्यावसायिक बन्न सुरुमा माछा पालन थाल्यौं', प्रालिका अध्यक्ष पौडेलले भने।
'माछा, मासु र पशु आहाराको विकास गरी राष्ट्रिय उत्पादनमा टेवा पुर्याएर आयात प्रतिस्थापनमा सहयोग पु:याउनु पनि हाम्रो उद्देश्य हो',अध्यक्ष पौडेलले भने। ५० लाखको कुल पुँजीबाट सुरु गरेको व्यवसायमा हालसम्म कम्पनीले सेयर लगानी, ऋणसमेत गरेर करिब तीन करोड लगानी गरिसकेको छ।
कम्पनीले व्यवसाय विस्तार गरी २०६२ मा बंगुर पालन थालेको हो। 'बंगुरको मासुका साथै पाठापाठीसमेत उत्पादन गर्छौं', अर्का लगानीकर्ता खेमराज पौडेलले भने। बंगुर व्यवसायबाट पनि राम्रो आम्दानी भएको उनले सुनाए। अहिले उनीहरूसँग ६ सय बंगुर छन्। केही महिनाभित्रै तीन सय बंगुर थपिने उनले सुनाए।
कम्पनीले आफ्नै जग्गामा माछा पोखरी, बंगुरका खोर, भुरा उत्पादन गृह निर्माण गर्नुका साथै बोरिङ गरी उद्योगका लागि पानीसमेत निकालेको छ। कम्पनीमा १७ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएको अर्का लगानीकर्ता यदुराज आचार्यले बताए।
गाउँमै दाना उद्योग
शुक्लागण्डकी माछा उत्पादन प्रालिले दाना उद्योग पनि सञ्चालन गर्ने भएको छ। भरतपोखरीमै दाना उद्योगको शिलान्यास भएको छ। माछा र पशुपन्छीका लागि दाना उत्पादन गर्ने यस उद्योगमा कृषि तथा व्यापार आयोजनाको समेत सहयोगमा २.५ टन प्रतिघन्टा क्षमताको मेसिन जडान गरिएको छ। मेसिनले प्लेट दाना उत्पादन गर्नेछ।
कम्पनीले एक करोड ५७ लाख २९ हजार नौ सय २० रुपैयाँ लगानीमा दाना उद्योग सञ्चालन गर्न लागेको हो। एक करोड १२ लाख नौ हजार नौ सय २० रुपैयाँ कम्पनीको आफ्नो लगानी र कृषि तथा व्यापार आयोजनाको ४४ लाख ३० हजार सहयोगमा उद्योग सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।
सभासद् रविन्द्र अधिकारीले शनिबार दाना उद्योगको शिलन्यास गरे। सो अवसरमा उनले गाउँमै पढेलेखेका युवाले उद्योग सञ्चालन गरी उदाहरणीय काम गरेको बताए। युवा शक्ति विदेश पलायन हुने होइन, गाउँमा फर्केर कृषि क्रान्तिमा लाग्नुपर्ने र सरकारले उद्योग सञ्चालन गर्ने युवालाई विशेष सेवा र सुविधा उपलब्ध गराउनुपर्ने बताए।
प्रालिका अध्यक्ष सूर्यप्रसाद पौडेलले १८ महिनाभित्र उद्योग निर्माण पुरा गरी दाना उत्पादन सुरु गरिने बताए। गुणस्तरीय दाना उत्पादन गरी आयात प्रतिस्थापन गर्ने लक्ष्य भएको उनले जानकारी दिए।
कृषि पेसामा अवसर र चुनैती दुवै रहेको बताउँदै अध्यक्ष पौडेलले खुला बजार नीतिका कारण विदेशमा गुणस्तरीय उत्पादन गरी निर्यात गर्ने सम्भावना बढेको स्पष्ट पारे। दाना, माछा र मासु आयातमा अर्बौं रुपैयाँ बाहिरिँदै गएकोले यो पेसामा सम्भावना देखेर लागेको पनि उनले सुनाए।
सरकारले व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत व्यावसायिक रूपमा कृषि, पशुपन्छी पालनमा अग्रसर कृषकका लागि आंशिक आर्थिक सहयोग दिन थालेकोले युवा किसान व्यावसायिक खेतीमा लाग्न उत्साहित हुने वातावरण मिलेको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेशप्रसाद कोइरालाले बताए।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले गाउँगाउँमा उद्योग खुल्नु खुसीको कुरा भएको बताउँदै सरकारले उद्योगी व्यवसायीलाई विद्युत्, कच्चापदार्थको आयातमा विशेष छुट दिनुपर्नेमा जोड दिए।
कच्चा पदार्थको मूल्य बढी हुनु, विद्युत् आपूर्तिका समस्या, अस्थिर बजार मूल्य, विभिन्न रोगहरूबाट आइपर्ने समस्या किसानका प्रमुख चुनौती रहेको लगानीकर्ता खेमराज पौडेलले बताए।

###

0 comments
Write Down Your Responses