जब उपप्रधानमन्त्रीका श्रीमतीले देखाए रात्रीभोजमा तमासा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,मंसीर १५-सार्क सम्मेलन सकिएपनि त्यसभित्रका रहस्यहरु बाहिर आउने क्रम जारी छ । सार्क राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति रामवरण यादवले दिएको रात्रिभोजमा नेपालका दुइ उप–प्रधानमन्त्रीका श्रीमतीहरुले देखाएको तमासाले देशकै बेइज्जत गरेको परराष्ट्रको उच्च स्रोतले बताएको छ ।
राष्ट्रपतिले आयोजना गरेको रात्रीभोजमा निमन्त्रणा पाएका उप–प्रधान तथा गृहमन्त्री बामदेवको श्रीमती तुलसी थापा र अर्का उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहले देशकै बेइज्जत गरेको परराष्ट्र मन्त्रालयमा व्यापक चर्चा हुने गरेको छ । स्रोतका अनुसार उनीहरुले राष्ट्र तथा सरकार प्रमुखलाई भोज कार्यक्रम सुरु गर्ने बित्तिकै हतार हतार खाएर वीचमै उठेपछि कार्यक्रम स्थलमै तनाब भएको थियो ।
सामान्यत त्यस्ता भोजमा सहभागीहरुले राष्ट्रप्रमुख तथा सरकार प्रमुखले खाइसकेपछि मात्रै उठ्नु पर्ने हुन्छ । तर सिंह र थापाले हतार हतारमा भोज खाएर उठ्दा भोजमा सहभागी नेपाली मात्रै होइन, विदेशी राष्ट्रप्रमुख नै चकित परेका थिए । ‘भोजमा खाना खाँदै गर्दा कांटा, चम्चा ,प्लेट बजाइयो, खाना पनि सेनाले खाए झै पो खाए, यस्तो हर्कत गर्ने दुइ उपप्रधानमन्त्री ज्युको श्रीमती पो पर्नु भएछ ।’
भोजमा सहभागी एकले टिप्पणी गर्दै भने –‘यति कुराको पनि हेक्का नगरि हाम्रो देशको भिआइपीको श्रीमती आउछन् भन्ने हामीले सोचेका थिएनौं ।’ उनका अनुसार मर्यादाको ख्याल नगरी उनीहरु बाहिर निस्केपछि रात्रीभोज कार्यक्रमका आयोजक राष्ट्रपति यदवले समेत दुइ मन्त्रीको श्रीमती को हर्कतलाई लिएर रात्रीभोज समापन पछि टिप्पणी गरेका थिए ।

###

0 comments
Write Down Your Responses