एमए–६० बाट नेपालगन्ज उडान सुरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ठूलो चिनियाँ जहाजबाट नेपालगन्ज उडान सुरु गरेको छ। निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क' (एमए–६०) मोडेलका जहाजले मंगलबारबाट उडान सुरु गरेको सम्बद्ध एक अधिकारीले नागरिकन्युजलाई जानकारी दिए।
‘एमए–६० ले बिहान ७ बजे काठमाडौंबाट नेपालगन्ज उडान गर्यो,' ती अधिकारीले भने, ‘अब नेपालगन्जका लागि सातामा तीन उडान तालिका राखिएको छ।'
उनका अनुसार नेपालगन्जका लागि सोमबार, बुधबार र शनिबार उडान गरिने छ। सबै उडान दिउँसो २ बजेलाई राखिएको छ। एमए–६० ले नेपालगन्जसहित अब सातामा १४ उडान भर्नेछ।
एमए–६० ले सातामा भद्रपुर दुई, धनगढी दुई, नेपालगन्ज तीन र विराटनगरका लागि दैनिक एक उडान गरी सातामा १४ उडान गर्नेछ।

###
0 comments
Write Down Your Responses