सुस्मिता सेनले भनिन्-नेपाली युवक ह्यान्डसम
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : मिस युनिभर्स १९९४ एवं बलिउड अभिनेत्री सुस्मिता सेनले दुईदिने नेपाल बसाइ अविस्मरणीय बनेको बताएकी छन्। क्लासिक डायमन्ड ज्वेलरीको आयोजनामा शुक्रबार र शनिबार दरबारमार्गस्थित होटेल अन्नपूर्णमा भएको फेसन सोमा सहभागी हुन नेपाल आएकी उनले शनिबार पशुपतिनाथलगायत विभिन्न मठमन्दिरको दर्शन पनि गरिन्।
नेपाल आउनासाथ भएको पत्रकार सम्मेलनमा भगवान् गौतम बुद्धको जन्मभूमि आउन पाउँदा खुसी लागेको बताएकी सुस्मिताले जाने बेलामा नेपालमा पाएको स्वागत र सत्कारप्रति आभार प्रकट गरिन्। शनिबार राति होटेल अन्नपूर्णमा सञ्चारकर्मीसँग भएको साक्षात्कारमा अविवाहित सुस्मिताले नेपाली केटा ह्यान्डसम लागेको बताइन्।
'नौ वर्षपछि नेपाल आउँदा सपना पूरा भएजस्तो लागेको छ', उनले भनिन्, 'मैले यहाँ जुन स्वागत र सत्कार पाएँ, त्यसबाट म अत्यन्तै खुसी र आभारी छु। छोरीहरूलाई लिएर फेरि नेपाल आउने उत्साह जागेको छ।'
दुई धर्मपुत्री पालेकी सुस्मिताले विवाहको प्रसंगमा भनिन्, 'हरेक कुराको समय हुन्छ। विवाहका लागि म तयार भएकी छैन। तर, आमा बन्न मन लागेकाले दुई छोरीलाई ग्रहण गरेकी हुँ।' कार्यक्रममा उनको प्रस्तुति र सुन्दरताको प्रशंसा भएपछि सुस्मिताले मान्छे रूपले नभई सोच र विश्वासले सुन्दर हुने तर्क पनि गरिन्। उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
मिस युनिभर्स १९९४ को उपाधि चुमेपछि चर्चामा आएकी सुस्मिताले सन् १९९६ मा चलचित्र 'दस्तक'बाट अभिनययात्रा आरम्भ गरेकी हुन्। उनले 'सिर्फ तुम', 'बिबी नम्बर १', 'आँखे', 'मै हुँ ना', 'मैने प्यार क्युँ किया', 'फिलहाल', 'चिंगारी', 'जिन्दगी रक्स' लगायतका विभिन्न चलचित्रमा अभिनय गरेकी छन्।

###
0 comments
Write Down Your Responses