कोरियामा डुंगा पल्टाउने चालकलाई ३६ बर्ष जेल सजाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, कार्तिक २५ । दक्षिण कोरियामा तीन सय जनाको मृत्यु हुने गरी भएको डुंगा दुर्घटनामा जिम्मेवार ठह¥याउँदै त्यहाँको एक अदालतले डुंगा चालकलाई ३६ वर्षको जेल सजायँ दिएको छ ।
डुंगाका क्याप्टेनले गम्भीर लापरवाही गरेकैले दुर्घटना भएको निष्कर्षसहित ३६ वर्षको जेल सजायँ तोकिएको हो । गत अप्रिलमा ४ सय ७६ जना यात्रु बोकेको डुंगा पल्टँदा तीन सय जनाको मृत्यु भएको थियो ।
जसमा अधिकतर स्कूले विद्यार्थी थिए । दुर्घटनाका समयमा ली जून सिओकको नेतृत्वमा रहेका चालक दलका १५ सदस्यविरुद्ध अदालतमा सुनुवाई गरिएको थियो । ६० वर्षीय लीविरुद्ध सरकारी वकिलले मृत्युदण्डकै माग गरेका थिए ।
दुर्घटनाका समयमा थुप्रै यात्रुलाई त्यत्तिकै छाडेर ली भने चालक दलका सदस्यसहित बाहिर निस्केर हिडेका थिए । डुंगाका मूख्य इञ्जिनियरलाई ३० तथा चालक दलका अरु १३ सदस्यलाई भने २०-२० वर्षको जेल सजायँ तोकिएको छ ।
व्यवस्थापकको लापरवाही र आपतकालीन उद्धार नगर्दा थुप्रैंले अकालमा ज्यान गुमाउन परेको भन्दै यस टनाको ठूलो आलोचना गरिएको थियो ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z