सार्कको सडक अनुगमन, जथाभावी फोहोर फाल्ने १८० जना पक्राउ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर ८ । आसन्न सार्क शिखर सम्मेलन लक्षित सडक सरसफाइ तथा भौतिक संरचना पुनःर्निर्माणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले सोमबार राजधानीका मुख्य–मुख्य सडकको अनुगमन गरेको छ ।
महानगरपालिकाले सोमबार बिहान एअरपोर्ट, नयाँबानेश्वर, सोल्टी होटल, राष्ट्रपति भवन र बालुवाटार क्षेत्रमा सडकनिर्माण कार्यको अवस्थाबारे अनुगमन गर्यो ।
अनुगमनका क्रममा सरसफाइ गर्न बाँकी रहेका क्षेत्रको सरसफाइका साथै ठाउँ–ठाउँका होर्डिङ बोर्ड हटाइएको थियो ।
अनुगमनपछि काठमाडौं महानगरपालिकाका प्रमुख धनबहादुर श्रेष्ठले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
उनले सडकमा जथाभावी फोहोर फाल्ने १ सय ८० जनालाई पक्राउ गरिएको पनि बताए । उनीहरुबाट २ लाख २५ हजार ५ सय रुपैयाँ जरिवाना उठेको जनाइएको छ ।
महानगरपालिकाले एअरपोर्टदेखि मुख्य–मुख्य ठाउँमा स्वगतद्धार निर्माणका साथै सार्क मुलुकका झन्डा राख्ने, बिरुवा रोप्नेलगायतका काम गरेको छ ।

###
0 comments
Write Down Your Responses