विप्लवको सम्बन्ध विच्छेद पत्र (पत्र सहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ ।
कम्युनिष्ट फुट्न मात्र जानेका हुन्छन् भन्ने आलोचनालाई बलि पुर्‍याउँदै नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द 'विप्लव' ले पनि पार्टी फुटाएका छन् । सोमबारको बैठकमा पार्टी अध्यक्ष मोहन बैद्यलाई सम्बन्ध विच्छेदको पत्र थमाएका विप्लवले नयाँ पार्टीको औपचारिक नाम भने सार्वजनिक गरेका छैनन् ।

विप्लव पक्षका नेताहरुले केन्द्रिय समिति बैठकमै पार्टीमा बस्न नसक्ने आसयको पत्र बुझाएका थिए । विप्लव समूहले अहिलेको अवस्थामा पार्टीमा सँगै बस्न नसकिने तर पछि कुनै सन्दर्भमा सहकार्य गर्ने सन्देश ३ बुँदे अहसमति पत्र पार्टी संस्थापनलाई बुझाएको छ ।
यस्तो छ विप्लवको सम्बन्ध विच्छेद पत्रः

हाम्रो पार्टी नेकपा–माओवादीमा लामो समयदेखि वैचारिक बहस चल्दै आएको सर्वविदितै छ । मुख्यतः नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा हाम्रो बहस चल्दै आएको हो ।



यस विषयमा पार्टीभित्र गम्भीर मतान्तर देखा परे । पदाधिकारी र पोलिटब्यूरोको बैठकबाट ती विषय हल नभएपछि गत असारमा राष्ट्रिय सम्मेलन गरी ठोस निष्कर्ष निकाल्ने निर्णय पार्टीमा भएको थियो । सो क्रममा राष्ट्रिय सम्मेलनका लागि फरक दस्तावेजहरु समेत तयार भएका थिए ।


जब दस्तावेजहरु तयार भए, तब पार्टी मूल नेतृत्वबाट आश्चर्यजनक रुपमा सम्मेलनलाई रोक्ने प्रस्ताव आयो । त्यसपछि पार्टीमा झन् अन्यौलता र अकर्मन्यता बढ्दै गयो ।

पार्टीको गत्यावरोध तोड्नका लागि अन्तिम प्रयत्न स्वरुप हामी ७ मंसिर २०७१ को केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी भएका थियौं । तर, किरण लगायतका कमरेडहरुको भूमिकाले पार्टीको गत्यावरोध झन् बढ्ने स्पष्ट देखियो ।



यसरी लामो समयदेखि कायम रहेको गत्यावरोध तोड्न नसक्ने र अन्यौलता बढ्दै जाने स्पष्ट भयो । क. किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्ग सङ्घर्षको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित आजका मितिदेखि क. किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउँदछौं । साथै हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित छलफल गरेर सार्वजनिक गर्ने निर्णय पनि लिइएको छ ।

क्रान्तिकारी अभिवादन सहित !


……………
विप्लव
सचिव
नेकपा–माओवादी
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z