यस्ता लक्षण देखीय उच्च रक्तचाप हुन सक्छ !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
टाउको दुख्ने, मुटुको ढुकढुकी बढेजस्तो हुने, आँखा धमिलो हुने, नाकबाट रगत बग्ने आदि उच्च रक्तचापका प्रमुख लक्षण हुन्। यद्यपि, आधाभन्दा बढी उच्च रक्तचापका बिरामीमा त्यस्ता कुनै लक्षण नदेखिन पनि सक्छन्। त्यसकारण उच्च रक्तचापलाई मौन घातक रोगका रूपमा लिइन्छ। कसै-कसैलाई निम्न लक्षणहरुमध्ये कुनै देखिन सक्छ।
टाउको दुख्नु -विशेषतः पछाडीको भाग।
वाकवाकी तथा वान्ता आउनु।
रिङ्गटा लाग्नु/हुत्तिनु।
हलुंगोपन महसुस गर्नु।
दृष्टिमा परविर्तन हुनु, धमिलो देख्नु।
थकाइ लाग्नु, कमजोरी हुनु।
छाती दुख्नु तथा सास फेर्न गाह्रो हुनु।
अलिकति हिँड्दा पनि खुट्टा दुख्नु।
मुटुको ढुकढुकी अनियमित हुनु।
धेरै पसिना आउनु।
पिसाबमा रगत देखिनु।
नाकबाट रगत आउनु (नाथ्री फुट्ने) ।
रक्तश्राव भई आँखा रातो हुने ।
आँखामुनि, पेट वा खुट्टा सुन्निनु।
त्यसैले लक्षण भए/नभए पनि यसको उपचार तथा नियन्त्रण आवश्यक हुन्छ। अन्यथा, मस्तिष्क, मुटु, मिर्गौला तथा आँखाजस्ता महत्त्वपूर्ण अंगमा क्षति पुग्न गई (१) हृदयघात (हर्ट अट्याक) (२) पक्षघात (प्यारालाइसिस) (३) मृगौला फेल (४) अन्धोपन हुने मात्र होइन, अकस्मात् मृत्युसमेत हुनसक्छ। यसैले उच्च रक्तचापलाई 'साइलेन्ट किलर' भनिएको हो।उच्च रक्तचाप भएका व्यक्तिलाई पक्षघात हुने जोखिम ४ देखि ६ गुणा बढी हुन्छ। त्यस्तै मृगौला फेलरको ९० प्रतिशत कारक तत्त्व उच्च रक्तचाप हो। रक्तचाप मधुमेहका लागि जोखिम कारक तत्त्व पनि हो। गर्भवती महिलामा प्री-इक्लाम्प्सीया भएर ज्यान जाने खतरा हुन्छ। यौन दुर्बलता, फोक्सोमा पानी जम्ने, आदि हुन्छ।
रक्तचाप बढी भए रक्तनलीहरू बढी तन्किएर फुट्न सक्छन् । मस्तिष्कभित्रको रक्तनली फुटे पक्षघात हुन्छ । मुटुको रक्तनली फुटे हृदयाघात हुन्छ । आँखाको रक्तनली फुटे अन्धोपन तथा मिर्गौलाको रक्तनली फुटे मिर्गौलाले काम नगर्ने हुन्छ । उच्च रक्तचाप भएकाहरूले कुनै पनि समयमा, विशेष गरी मानसिक तनाव भएको बेला, धेरै खुसी वा दुःखी भएको बेला, धेरै शारीरकि श्रम गरेको बेला, धेरै रक्सी वा चुरोट पिएको बेला, धेरै चिसो हावामा हिँडेको बेला एकाएक रक्तचाप बढेर माथि उल्लेख गरएिका खतरनाक अवस्था उत्पन्न हुन सक्छन्, फलस्वरूप मानिसको मृत्यु पनि हुनसक्छ।
महिनावारी (मासिक रक्तस्राव) नरोकिँदासम्म अर्थात् करबि ५०-५५ वर्षको उमेरसम्म महिलाहरूको शरीरमा इस्ट्रोजेन नामक रासायनिक तत्व (हार्मोन) को मात्रा धेरै हुन्छ । यो रसायनले युवा महिलाहरूलाई हृदयाघात हुनबाट बचाउँछ । महिनावारी रोकिएपछि महिलाहरूको शरीरमा इस्ट्रोजेन हार्मोनको मात्रा धेरै नै घट्छ । फलस्वरूप यस्ता महिलाहरूमा हृदयाघातको सम्भावना बढ्छ ।
परीक्षण
उच्च रक्तचाप परीक्षणका लागि समय-समयमा रक्तचाप जचाउनु पर्छ। रक्त परीक्षणबाट कोलेस्टेरोल, एल्बुमिन, सोडियमको मात्रा तथा थाइराइडको समस्या थाहा हुन्छ। अल्ट्रासाउन्ड, डोप्लर अल्ट्रासाउन्ड, ईसीजी, इकोकार्डियोग्राम, टीएमटी आदि परीक्षणबाट यसको अवस्था एवं असर पत्ता लाग्छ। त्यस्तै, छातीको एक्सरेबाट मुटु सुन्निएको तथा आँखाको जाँचबाट नेत्रगत असर पत्ता लाग्छ।

###
0 comments
Write Down Your Responses