मलेसियामा नेपाली युवतीलाई एक वर्ष जेल सजाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :मलेसियाली अदालत अगाडि निर्मला
मलेसिया : भ्रुण हत्या गरेको अभियोगमा एक नेपाली युवतीलाई मलेसियामा एक वर्षको जेल सजाय दिइएको छ ।
भ्रुण हत्याको आरोपमा गत अक्टोवरमा पक्राउ परेकी निर्मला थापालाई मलेसियाको अदालतले एक वर्षको जेल सजाय तोकेको हो । पेनाङ्ग राज्यको तामान सिकुस्थित एक पोलीक्लिनिकमा भ्रुण हत्या गरेको प्रमाणसहित थापालाई मलेसियन प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई यहाँको अदालतले नोभेम्वर १२ मा सो सजाय सुनाएको हो । नेपाली दुतवास मलेसियाकी प्रथम सचिव द्रौपदा सापकोटाका अनुसार भ्रुण हत्याको आरोपमा नेपाली महिलालाई जेल सजाय भएको यो पहिलो घटना हो ।
घटनामा संलग्न भनिएका युवा भने फरार छन् । ९ अक्टोवरमा पक्राउ परेकी थापालाई १३ अक्टोवरमा यहाँको स्थानीय अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो ।
मलेसियन भाषामा लेखिएको सजाय पत्र उनले नबुझेको अदालतमा वताएपछि दोभाषेसहित मुद्धा पुर्नविचारका लागि समय दिइएको थियो । निर्मलाको मुद्दामा अदालतले उचित प्रक्रिया पूरा नगरी सजाय तोकेकाले उनको अधिकारको लागि थप पहल गरिने सापकोटाले बताइन् ।
###
0 comments
Write Down Your Responses