एउटै पासोमा दुई प्रेमी-प्रेमिकाले आत्महत्या गरे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कैलालीको लम्की–चुहा नगरपालिकाको मोहन्याल सामुदायिक वनको रुखमा दुई जनाले एउटै पासोमा गएराति आत्महत्या गरेका छन्।



बर्दिया जिल्ला कालिका गाविस–५ की २६ वर्षीया गीता सार्की र नातामा मामाका छोरा पर्ने लम्की–चुहा नगरपालिका–६ का २६ वर्षीय भीमबहादुर सार्कीले जामुनको रुखमा एउटै पासोमा झुन्डिइ आत्महत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीले सोमबार जनाएको छ।

घटनाको प्रारम्भिक अध्ययनबाट यी दुवैबीच अनैतिक सम्बन्ध भएको समाजले थाहा पाएपछि  दोपट्टाले पासोलगाई सामूहिक आत्महत्या गरेको देखिएको प्रहरी निरीक्षक जगन्नाथ खनालले बताए।


विवाहित भीमको घरमा श्रीमती र छोराछोरी रहेका छन्। यस्तै बर्दिया घर भएकी गीताको घरमा पनि श्रीमान् र छोराछोरी रहेको बताइएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ। रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z