चटपटे बेचेरै करोडपति !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
‘दुई बुढाबुढीले यही मन्थलीको तातो घाममा दिनभरी चटपटे बेचेको हिजो जस्तै लाग्छ’ घिमिरे त्योबेला सम्झिँदै भन्नुभयो, ‘दिनभरी बाटोमा चटपटे बेचेर बेलुकी घरमा हेर्दा बाकसभरी पैसा हुन्थ्यो ।’
चटपटे बेच्दा बेच्दा देवीप्रसादकी श्रीमतीले तरकारी पनि बेच्न थाल्नुभयो । अनि त्यही चटपटे र तरकारीको व्यापारले नै घिमिरे दम्पतिलाई मालामाल बनायो । २५ सय रुपैयाँ लिएर मन्थली झरेका देवीप्रसादलाई घडेरी जोड्न तीनवर्ष मात्रै लाग्यो मन्थलीमा । अहिले देवीप्रसादले रामेछापसंगै काठमाडौंसम्म गरेर ५ ठाँउमा घडेरी जोडनुभएको छ त्यही अचल सम्पत्तिको मात्रै हिसाव गर्दा उहाँको अहिलेको सम्पति करोड नाघ्छ । तर उहाँ चटपटेलाई अहिले पनि विर्सिनुहुन्न ।
उहाँ भन्नुहुन्छ, ‘यो सबै चटपटेले गर्दा नै भएको हो ।’ कुनै बेला दुईछाक टार्न सकस हुँदा परिवारबाट पनि हेपिएका उहाँलाई हेर्ने दृष्टिकोण पनि फेरिएको छ ।
सुरुका दिन र अहिले पाएको सफलता सम्झिँदा घिमिरेलाई आफैं सपना जस्तो लाग्छ । अहिले उहाँ होटल व्यावसायी भइसक्नुभयो । तर उहाँको परिचय अहिले पनि चटपटे साहु कै छ । अनि उहाँलाई पनि आफनो यही परिचय प्यारो लाग्छ ।
हेर्दा सानो देखिने काम गरेर करोडपति बनेका घिमिरे भन्नुहुन्छ , ‘हामी कामलाई सानो र ठूलो भनेर छुट्याउँछौ । त्यसैले प्रगति गर्न सक्दैनौ ।’ महिनामा १५/२० हजार रुपैंया कमाउन एक दिनमा १५ सय भन्दा धेरै युवा विदेश गइरहेका छन् । तर अवसर खोज्ने र कामलाई सम्मानको आँखाले हेर्ने हो भने पैसा कमाउन विदेश धाइरहनु पर्दैैन भन्ने यथार्थ घिमिरेको सफलताबाट छर्लङ्ग हुन्छ ।
###
0 comments
Write Down Your Responses