पूर्वसांसदको रामधुलाइ, नाङ्गो बनाएर शहर परिक्रमा गरियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
लखनउ, छिमेकी मुलुक भारतको लखनउमा एक जना पूर्व सांसदलार्इ यहाँका वकिलहरुको समूहले कुटपिट गरेका छन् । भारतको समाजवादी पार्टीका पूर्व सांसद बनबारी लाल कन्छललार्इ यहाँ वकिलहरुको एक समूहले कुटपिट गर्दै नाङ्गो पारेर शहर परिक्रमा गराएका छन ।

कन्छललार्इ वकिलहरूले पेशीका लागि अदालतमा पुगेका बेला अदालतको परिसरमानै कुटपिट गरेको कुरा भारतीय मिडियाहरूले जनाएका छन । यहाँका करिब सत्रजना वकिलहरुको उक्त समूहले कन्छललाइ नियन्त्रणमा लिएर रामधुलार्इ गरेका थिए ।

उनीहरूले कन्छललाइ कुटपिट गरेपछि उनले लगाएका कपडाहरू च्यातेर निर्बस्त्र पारि शहर परिक्रमा गराएका थिए । बताइए अनुसार सम्पत्ति सम्बन्धी विवादमा उनीसंग वकिलहरू क्रुद्ध बनेका थिए ।

वकिलहरूले अदालतको परिसरमानै यस प्रकारको हर्कत देखेर यहाँका सर्वसाधरण जनताहरू अचम्ममा परेका थिए ।

यस घटनापछि पिडित कन्छलले यस कुटपिटका सम्बन्धमा प्रहरीमा जाहेरी दिएका छन । प्रहरीले यस घटनाका सम्बन्धमा अनुसन्धान शुरू गरेको जनाएको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z