मन्त्रीमाथि खनिए युवराज लामा, ‘पछिल्लो १६ महिना कामै गर्न दिएनन्’ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेष्ठ २६ । ४ वर्षे कार्यकाल पूरा गरेर बाहिरिन लागेका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् ।

यही जेष्ठ २९ गतेबाट पदावधि सकिन लागेका लामाले समग्रमा नेपाली खेलकुदको विकास, विस्तार र भौतिक पुनःसंरचनाको दृष्टिले आफ्नो कार्यकाल सफल रहेको दाबी गरेका हुन् ।

विभागीय मन्त्री पुरुषोत्तम पौडेलसँग टकराव हुँदा पछिल्लो १६ महिना सोचेअनुसार काम गर्न नसकेको स्वीकार्दै लामाले यसको दोष मन्त्री पौडेलैमाथि थुपारे ।

आफूलाई गैरकानुनी ढंगबाट बर्खास्त गर्न खोजेर मन्त्री पौडलले खेलकुदमा अनावश्यक टकराव निम्त्याएको लामाको जिकिर छ ।

भौतिक संरचना निर्माण र खेलकुद परिषदलाई संस्थागत गर्ने कुरामा आफ्नो कार्यकाल सफल भएपनि केही विषयमा भने सोचेअनुसार नजिता हात नपारेको लामाको स्वीकारोक्ति छ ।

क्रिकेट संघको वर्तमान विवाद र बेथितिप्रति लक्षित गर्दै लामाले क्यान पुनर्गठन गर्ने आफ्नो निर्णय सन्तुलित हुन नसकेको मूल्यांकन गरे ।

पत्रकार सम्मेलनमा आत्मसमीक्षाको १० पृष्ठ लामो फेहरिस्त प्रस्तुत गर्दै लामाले खेलकुद बुझेको मान्छेलाई मात्रै नयाँ सदस्यसचिवको जिम्मेवारी दिन सरकारसँग आग्रह गरे ।

२०६८ साल जेष्ठ २५ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय खेलकुद परिषदको सदस्य नियुक्त गरेका लामाले त्यसको ४ दिनपछि सदस्यसचिवको जिम्मेवारी तोकिएको पत्र बुझेका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनपछि खेलकुदमन्त्री बनेका पुरुषोत्तम पौडेलले पदबाट हटाउन खोज्दा उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतमा लामाले विभागीय मन्त्री पौडेलविरुद्ध ७ अलग–अलग मुद्दा दर्ता गरेका छन् ।

यसमध्ये अधिकांश मुद्दा वरिष्ठ न्यायाधिश कल्याण श्रेष्ठको इजलासमा निर्णय सुनाउन बाँकी अवस्थामा रहेका छन् ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z