३२ करोड बढी दुरुपयोग अभियोगमा तत्कालीन बुटवल फाइनान्सका कार्यकारी अध्यक्ष पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, मंसिर २२ । ३२ करोड ४९ लाख रुपैयाँभन्दा बढी दुरुपयोग गरेको अभियोगमा तत्कालीन बुटवल फाइनान्स लिमिटेडका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई सोमबार नियन्त्रणमा लिएको हो ।

ब्युरोले अनुसन्धानका लागि पुनरावेदन अदालतबाट १० दिनको म्याद समेत लिएको छ । बुटवल फाइनान्स, एल्पिक एभरेष्ट फाइनान्स र सीएमबी फाइनान्स ‘मर्ज’ भएर सिनर्जी फाइनान्स बनेको छ ।

ब्युरोले विभिन्न ब्यक्ति तथा कम्पनीको नाममा कर्जा प्रवाह गर्दा धितो राखिएको सम्पतिको अधिक मूल्यांकन गरेको, ऋणीहरुसँग मिलेर कर्जा दुरुपयोग गरेकोलगायतका अभियोग लगाएको छ ।

यसैबीच, सीआइबीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका कुशल सिलवाल, गोरखाका भिमसेन चौलागाइँ, पुष्कर खड्का रामेछापका रामचन्द्र थापा मागर र जीवन लुंगेली मगर रहेका छन् ।

उनीहरुलाई भक्तपुरको मध्यपुर ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z