अख्तियार, ठूला भ्रष्टाचारी खै समातेको : प्रधानमन्त्री कोइराला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा भ्रष्टाचार व्यापक रुपमा बढेको चिन्ता व्यक्त गर्दै ठूला भ्रष्टाचारीलाई समाएर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक रुपमै आग्रह गरेका छन्।
भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा प्रधानमन्त्री कार्यलयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, 'मुलुकमा भ्रष्टाचार व्यापक भयो। तलका सुब्बाखरिदारलाई समातेर मात्रै हुँदैन, अख्तियारले नीति निर्णय तहमा रहेका ठूलालाई नै समाएर कारबाही गर्नुपर्छ।'
प्रधानमन्त्री कोइरालाले छिमेकी भारतमा जयललिता, लालुयादव, पिभी नरसिंह रावजस्ता उच्च राजनीतिज्ञ भ्रष्टाचारको कसुरमा जेल जान परेको प्रसंग निकाल्दै कोइरालाले भने, 'अख्तियारले नेपालमा पनि हिम्मत गर्नुपर्यो। ठूला भ्रष्टाचारी खै समातेको ?' उनले तल्लो तहका मानिस समाउँदा निर्दोष पनि परे भन्ने गुनासो आएको बताउँदै यसमा संवेदनशिल हुन अख्तियारलाई आग्रह गरे । कुनै पनि सिढींको फोहोर सफा गर्दा तलबाट नभइ माथिबाट काम थाल्नुपर्ने उक्ति सम्झन आग्रह गरे।

###
0 comments
Write Down Your Responses