सबै रोगको एउटै औषधि–सिटामोल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सबै रोगको एउटै औषधि–सिटामोल । झट्ट सुन्दा आश्चर्य लाग्छ । तर म्याग्दीको पश्चिमी क्षेत्रका विकट गाउँका उपस्वास्थ्य चौकीमा उपचार गराउन आउने सबै रोगका बिरामीले सिटामोल खाएर निको हुनुपर्ने बाध्यता छ ।
जिल्लाका लुलाङ, मुना, भकिम्ली, हिस्तान, विमलगायत उपस्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि सिटामोलमात्र लिएर फर्कनु परेको स्थानीयले बताएका छन् ।
दैनिक ५० भन्दा बढी बिरामी उपचार गराउन आउने ती उपस्वास्थ्य चौकीमा औषधिको नाममा सिटामोल मात्र रहेको चिकित्सकले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिने अन्य औषधि कहाँ जान्छन् त ! स्थानीयवासीको एउटै उत्तर रहेको छ– ‘अत्यन्त न्यून मात्रामा आउने हुँदा छिट्टै सकिन्छ, कतिपय औषधि त म्याद नाघेका हुँदा प्रयोग गर्न नमिल्ने खालको हुन्छ ।’
जिल्ला स्वास्थ्य कार्यालयले सबै स्वास्थ्य केन्द्रमा आवश्यकताअनुसारको सबै औषधि त दिन्छन् तर त्यस क्षेत्रमा बिरामीले सिटामोलमै भर पर्नु सबैभन्दा ठूलो विडम्बना रहेको स्थानीयवासीको भनाइ छ । रासस

###
0 comments
Write Down Your Responses