एयर एसियाको जहाज हरायो, तरपनि यसरी बँच्यो १० जनाको परिवार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जकार्ता: हराइरहेको एयर एसियाको विमानमा यात्रागर्ने टिकट लिइसकेको एक इडोनेसियाली परिवारका १० जना सदस्य भाग्यबस बाँचेको रहस्य खुलेको छ ।
उनीहरुले सोही हराइरहेको विमानमा यात्रागर्नेगरी आइतबार बिहान ७ः३० बजेको टिकट लिएका ३६ वर्षीया क्रिश्चियानावतीले बताएकी छिन् ।
तर सो विमानले भने उनीहरुलाई छोडेर आफ्नो यात्रा समयभन्दा पहिला नै उडेकोले उनीहरु बचेका थिए । विमान त्यसको दुई दुई घन्टा अगावै अथवा बिहानको ५ः३० बजे नै उडेको थियो ।
सोही कारण उनीहरुको परिवारका १० जनाको ज्यान बचेको थियो । हामी ७ः३० को उडानका लागि सोही बमोजिमको समय तालिकामा विमानस्थल आइपुगेका थियौँ तर पनि विमान भने दुई घन्टा अगावै उडिसकेछ– उनले भनिन् ।
एकै परिवारका छ जना युवायुवती र अरु पाका मानिस गरी १० जनाको परिवार नयाँ वर्ष मनाउनका लागि हिजो सिङ्गापुर जाने कार्यक्रम रहेको थियो ।
सो विमानमा जाने तयारी भएको परिवारकी एकजना महिला क्रिश्चियानावतीले भनिन्– हामीले पहिला नै ७ः३० को नै टिकट लिएका थियौँ तर त्यहाँ जादा त विमान उडिसकेछ ।
उनीहरुले सो जहाजको टिकट पहिला नै लिएका तर एयर एसियाले त्यस उडानमा परिवर्तन गरी दुई घन्टा अगावै विमान उडाएको थियो ।
क्रिश्चियनावती भन्छिन्– विमानको सो उडान परिवर्तनको बारेमा जानकारी गराउन एयर एसियाबाट हामीलाई डिसेम्बर १५ र १६ मा गरी दुई दिनसम्म फोन पनि गरिएको रहेछ तर हाम्रो आफ्नै व्यस्तताका कारण हामीले नै फोन उठाउन सकेनौँ ।
तर अहिले आएर अकस्मात सो विमानको समय परिवर्तन भएको र आफूहरु विमानस्थल पुग्नुभन्दा दुई घन्टा नै अगाडि जहाज उडेको भन्ने जानकारी पछि त हामी निकै रिसायौंँ– उनले भनिन् ।
विमान सेवाका कर्मचारीले हामीलाई सोही समयभन्दा एक घन्टामात्र पछि अर्काे जहाज उड्न लागेकोले त्यसैमा लाने भनी तयारी गरिरहेका थिए र हामी त्यहीँ बस्दाबस्दै जहाज हराएको खबर आयो त्यसपछि हामी सो विमान सेवामा यात्रा नै नगर्ने भनी फर्कियौं– उनले भनिन् ।
क्रिश्चियनावती भन्छिन्– यो सबै कुरा सुनेर मलाई निकै नरमाइलो लागिरहेको छ र सिङ्गापुर जान नपाएकोमा पनि हामी दुःखी छौँ ।
तरपनि यो सबै भगवानले हाम्रो परिवारका लागि रचेको कार्यक्रम रहेछ भनेर हामीले सोचिरहेका छौँ– उनको अनुभव छ ।
तर त्यो हराएको विमान पनि छिट्टै भटिने र सबैजना सकुसल भेटिने आसा आफुले गरेको पनि उनको भनाई छ ।
एयरबस ए३२०–२०० को उक्त विमान इन्डोनेसियाको पूर्वी जाभाको सुराबायाबाट आइतबार बिहान सिङ्गापुरतर्फ उडेको थियो । यो मलेसियाली विमान सेवाको विमान हो ।
उक्त विमान हराएको २४ घण्टापछि पनि त्यसको कुनै सङ्केत देखिएको छैन । खोजी कार्य सोमबार बिहान बाट सुरु भइसकेको जानकारी इन्डोनेसियाको यातायात मन्त्रालयका अधिकारीले दिएका छन् ।
सुराबायाको जौन्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ५ः२० बजे उडेको दुई इन्जिनको उक्त विमानसँग हवाई उड्डयन नियन्त्रकहरूको सम्पर्क त्यसको करिब एक घण्टापछि टुटेको थियो । यसपछि उनीहरूले उक्त विमानबाट कुनै पनि सङ्केत प्राप्त गरेका छैनन् ।
उडान क्युजेड८५०१ को एयरएसियाको उक्त विमानमा १५५ यात्रु रहेका थिए । त्यसमा दक्षिण कोरियाका तीन तथा सिङ्गापुर, मलेसिया, बेलायत तथा फ्रान्सका एक÷एक यात्रु रहेका बताइएको छ ।

###
0 comments
Write Down Your Responses